ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सभाको समानुपातिक तर्फको मतगणनापछि कुन प्रदेशमा कुन दलले कति पाए समानुपातिक सिट ?


sharan sharan
८ पुस २०७४, शनिबार   ९ : ४१   बजे

काठमाडौं ,८ निर्वाचन आयोगले गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ सात वटै प्रदेशमा दलले प्राप्त गरेको सिट संख्या सार्वजनिक गरेको छ ।

आयोगका सचिव एवं समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृत वेगेन्द्रराज शर्माले आयोगमा आयोजित पत्रकार सम्मेलनमार्फत दलले प्राप्त गरेको कुल सिट संख्या २२० सार्वजनिक गरे ।
प्रदेशसभा कसको कति सिट
एमाले ७५, कांग्रेस ७२, माओ‌वादी केन्द्र ३५, संघीय फोरम १३, राजपा १२
सातवटै प्रदेशको समानुपातिकबाट दलहरूले पाउने सिटमा नेकपा एमाले नै पहिलो पार्टी भएको छ । प्रदेशको समानुपातिक नतिजामा कुल २ सय २० सिटमा एमालेले ७५ सिट पाएको छ ।
एमालेले सातै प्रदेशसभाको प्रत्यक्षतर्फ पनि कुल ३ सय ३० सिटमध्ये १ सय ६८ सिट पाएर पहिलो पार्टी भएको थियो । प्रदेशसभाको कुल ५ सय ५० सिटमा एमाले एक्लैले २ सय ४३ सिट जितेको छ ।

प्रदेशसभाको प्रत्यक्षमा ४१ सिट जितेको कांग्रेसले समानुपातिकमा ७२ सिट पाएको छ । प्रत्यक्षमा ७३ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा ३५ सिट पाएको छ । उक्त तीन दलका प्रतिनिधि मात्रै ७ वटै प्रदेशसभामा उपस्थित हुनेछन् ।
संघीय समाजवादी फोरम नेपाल प्रदेश १, २ र ५ मा तथा राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश २, ५ र ७ मा मात्र प्रतिनिधित्व पाएको छ । प्रदेशसभामा प्रत्यक्षबाट २४ सिट जितेको फोरमले समानुपातिकमा १३ र प्रत्यक्षमा १६ सिट हात पारेको राजपाले समानुपातिकमा १२ सिट पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश १, ३ र ६ को प्रदेशसभामा समानुपातिकबाट १÷१ सिट जितेर उपस्थिति जनाएको छ । नयाँ शक्ति पार्टीले प्रदेश ३ र ४ तथा राष्ट्रिय जनमोर्चाले प्रदेश ४ र ५ को प्रदेशसभामा स्थान पाएका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को उपस्थिति एक÷एक प्रदेशमा मात्रै भएको छ ।
कुन देशका कस्को कति सिट ?
आयोगले सार्वजनिक गरेको नतिजाअनुसार
प्रदेश १ को समानुपातिकतर्फका ३७ सिटमा एमालेले १५, कांग्रेसले ११, माओवादीले ५, फोरमले २, राप्रपाले १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ सिट पाएका छन् । उक्त प्रदेशमा समानुपातिकतर्फ २७ वटा दल प्रतिस्पर्धी रहेकोमा ६ दलले मात्रै प्रतिनिधित्वको अवसर पाएका छन् । प्रत्यक्षतर्फ प्रदेश १ को प्रदेशसभाको ५६ निर्वाचन क्षेत्रमध्ये एमालेले ३६, माओवादीले १०, कांग्रेसले ८, संघीय समाजवादी फोरमले १ र स्वतन्त्रले १ सिट जितेका छन् ।

समानुपातिकतर्फका निर्वाचन अधिकृतसमेत रहेका आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले प्रदेशसभा निर्वाचन ऐनअनुसार समानुपातिकतर्फ सम्बन्धित प्रदेशमा सदर भएको कुल मतको डेढ प्रतिशत मत कटाउने दलले मात्रै सिट पाएको बताए । तर, कतिपय अवस्थामा डेढ प्रतिशतको थ्रेस होल्ड कटाएका दलले पनि सिट पाउन सकेका छैनन् । प्रदेश ४ मा राप्रपा र विवेकशील साझा पार्टी, प्रदेश ६ मा नेमकिपा तथा प्रदेश ७ मा राप्रपाले थ्रेस होल्ड कटाए पनि सिट पाएनन् । आयोगले समानुपातिकमा दलले पाउने सिट संख्या सेन्ट लग प्रविधिबाट निकालेको हो । उक्त विधिबाट धेरै मत ल्याउने माथिका दलहरूले बढी सिट पाउँदा थ्रेस होल्ड कटाएर पनि केही दलले सिट नपाएको सचिव पौड्यालले बताए ।

प्रदेश २ को समानुपातिकतर्फका ४३ सिटमा कांग्रेसले ११, राजपाले १०, फोरमले ९, एमालेले ७, माओवादीले ५ र नेपाल संघीय समाजवादी पार्टीले १ सिट पाएका छन् । २९ दल प्रतिस्पर्धी रहेकोमा ६ दलले मात्रै सिट पाएका छन् । प्रत्यक्षतर्फका ६४ सिटमा संघीय समाजवादी फोरमले २०, राजपाले १५, एमालेले १४, कांग्रेसले ८, माओवादीले ६ र स्वतन्त्रले १ सिट जितेका छन् ।

प्रदेश ३  को ४४ समानुपातिक सिटमा एमालेले १६, कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझा पार्टीले ३, राप्रपाले १, नेमकिपाले १ र राप्रपा (प्रजातान्त्रिक) ले १ सिट पाएका छन् । त्यहाँ समानुपातिक सिटका लागि ३१ दलले प्रतिस्पर्धा गरेकामा ७ ले मात्रै सफलता पाएका छन् । प्रत्यक्षका ६६ सिटमा एमालेले ४२, माओवादीले १५, कांग्रेसले ७, नयाँ शक्ति पार्टीले १ र नेमकिपाले १ सिट जितेका छन् ।

प्रदेश ४ mको समानुपातिकतर्फका २४ सिटमा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३, नयाँ शक्ति पार्टीले १ र राष्ट्रिय जनमोर्चाले १ सिट पाएका छन् । उक्त प्रदेशमा समानुपातिक प्रतिस्पर्धामा २० दल सहभागी थिए । त्यहाँ प्रत्यक्षका ३६ सिटमा एमालेले १७, माओवादीले ९, कांग्रेसले ६, राष्ट्रिय जनमोर्चाले २, नयाँ शक्ति पार्टीले १ र स्वतन्त्रले १ सिट जितेका छन् ।

 प्रदेश ५  को ३५ समानुपातिक सिटमा एमालेले १३, कांग्रेसले १२, माओवादीले ६, फोरम नेपालले २, राजपाले १ र राष्ट्रिय जनमोर्चाले १ सिट पाएका छन् । त्यहाँ २७ दल प्रतिस्पर्धी थिए । प्रत्यक्षका ५२ सिटमा एमालेले २८, माओवादीले १४, कांग्रेसले ७ र फोरमले ३ सिट जितेका छन् ।

 प्रदेश ६  मा एमालेले ६, कांग्रेसले ५, माओवादीले ४, राप्रपाले १ सिट पाएका छन् । त्यहाँ १८ दल प्रतिस्पर्धी थिए । प्रत्यक्षका २४ क्षेत्रमा एमालेले १४, माओवादीले ९ र कांग्रेसले १ सिट जितेका छन् ।

प्रदेश ७ को समानुपातिकतर्फ २१ सिटमा कांग्रेसले ८, एमालेले ८, माओवादीले ४ र राजपाले १ सिट पाएका छन् । उक्त प्रदेशमा समानुपातिकतर्फ २० दल प्रतिस्पर्धी रहेकोमा ४ दलले मात्रै सिट जित्न सफल भए । प्रत्यक्षतर्फका ३२ सिटमा एमालेले १७, माओवादीले १०, कांग्रेसले ४ र राजपाले १ सिटमा जित हात पारेका छन् ।

आयोगका सचिव पौड्यालले प्रदेशसभातर्फ पाएको सिट संख्याअनुसार उम्मेदवारहरूको नाम पेस गर्न सिट पाउन सफल दलहरूलाई पत्राचारको तयारी गरिएको बताए । उनका अनुसार दलहरूलाई पुस ८ देखि ७ दिनको समय दिएर पाएको सिट संख्याअनुसार बन्दसूचीबाट उम्मेदवारको नाम पठाउन पत्राचार गर्ने तयारी छ ।
यसरी आयोगको नतिजा हेर्ने हो भने ७ ओटा प्रदेश मध्य २ नम्वर प्रदेशमा फोरम र राजपा या फोरमले बलियो देखिएका छन् उनि दुईं पार्टीले अन्य कुनै पाटी सगं सहकार्या गरेर प्रदेश सरकार गठन गर्ने देखिन्छ भने अन्य ६ ओटा प्रदेशमा बाम गठबन्धनले प्रदेश सरकार गठन गर्ने सक्ने छन् ।

प्रदेश सरकार गठनमा कहाँ कसको बर्चश्व

प्रदेश नम्बर १ः वामपन्थीलाई दुईतिहाइ

प्रदेश नम्बर १ मा प्रत्यक्षतर्फ कुल ५६ मध्ये ३६ सिट जितेको एमालेले समानुपातिकमा १५ सिट पाएर ५१ सिटसहित एकल बहुमत पाएको छ । कांग्रेस प्रत्यक्ष ८ र समानुपातिक १३ सहित २१ सिट पाएर दोस्रो भएको छ भने माओवादीले प्रत्यक्ष १० र समानुपातिक ५ सहित १५ सिट पाएको छ ।

प्रत्यक्षमा एक सिट जितेको संघीय समाजवादी फोरमले समानुपातिकमा २ सिट सहित ३ सिट पाएर १ नम्बर प्रदेशको चौथो पार्टी बनेकेा छ । यहाँ राप्रपा र संघीय लोकतान्त्रिक परिषदले एक एक सिट पाएका छन् ।

प्रदेश २ः मधेसवादीको बहुमत

प्रदेश नम्बर २ मा समानुपातिक र प्रत्यक्ष सहित ५४ सिट पाएर मधेशवादी गठबन्धनले बहुमतको सरकार बनाउने भएको छ । २ नम्बर प्रदेशमा संघीय समाजवादी फोरमले २९ सिट र राजपा नेपालले २५ सिट पाएका छन् । एमालेले २१ सिट पाएको छ भने कांग्रेसले १९ सिट,माओवादीले ११ सिट र नेपाल संघीय समाजवादी पार्टीले एक सिट पाएका छन् ।

प्रदेश ३ः एमालेको एकल बहुमत

प्रदेश नम्बर ३ मा ५९ सिटसहित एमालेले एकल बहुमत पाएको छ । त्यस्तै माओवादीले २२ सिट पाएको छ । वाम गठबन्धनले यहाँ पनि दुई तिहाई बहुमत पाएको छ ।

नेपाली कांग्रेस २१ सिटसहित यो प्रदेशमा तेस्रो भएको छ । विवेकशील साझा पार्टीले ३ सिट पाएको छ भने राप्रपा,राप्रपा प्रजातान्त्रिक,नयाँ शक्ति र नेपाल मजदूर किसान पार्टीले एक एक सिट पाएका छन् ।

प्रदेश ४ःवामपन्थीको बहुमत

प्रदेश नम्बर ४ बाट एमालेले २७ सिट पाएको छ । यहाँ उसको एकल बहुमत भने सम्भव भएन । माओवादीको १२ सिट सहित यो प्रदेशमा पनि वामपन्थी गठबन्धनको बहुमत भएको छ ।

कांग्रेसले १५ सिट जित्दा राष्ट्रिय जनमोर्चाले र नयाँ शक्तिले एक एक सिट जितेका छन् । राष्ट्रिय जनमोर्चा पनि वामपन्थी गठबन्धनकै शक्ति हो ।

प्रदेश ५ः वामपन्थीको बहुमत

प्रदेश नम्बर ५ मा एमालेले ४१ र माओवादीले २० सिट जितेर प्रदेशमा बहुमतको सरकार बनाउने भएका छन् । यो प्रदेशमा कांग्रेसले १९ सिट जितेको छ । यहाँ संघीय समाजवादी फोरमले ५ तथा राजपा र राष्ट्रिय जनमोर्चाले एक-एक सिट जितेका छन् ।

प्रदेश नम्बर ६ः वामपन्थीको दुई तिहाई

प्रदेश नम्बर ६ को समीकरण भने केही फरक देखिएको छ । यहाँ कुल ४० सिटमध्ये एमालेले २० सिट पाएको छ । माओवादीले १३ सिट पाएको छ भने कांग्रेसले ६ र राप्रपाले एक सिट पाएका छन् । य

हाँ एमालेको २० सिट र अरु सबै दलको २० सिट भएको छ । वामपन्थी गठबन्धनको दुई तिहाई भएको छ ।

प्रदेश ७ः वामन्थीकै बहुमत

७ नम्बर प्रदेशमा एमालेले २५ सिट जिते पनि एकल बहुमत छैन । माओवादीको १७ सिट थपिदा यहाँ पनि बामपन्थीको बहुमतको सरकार बन्ने भएको छ । यहाँ कांग्रेसले १० र राजपाले २ सिट पाएका छन् ।

‘

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रुस–युक्रेन युद्धमा बढ्दो हवाई आक्रमण, ड्रोन र क्षेप्यास्त्रबाट बढ्यो तनाव

गृहमन्त्री गुरुङद्वारा बूढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय निरीक्षण

सम्बन्धित

पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राख्न अदालतले दियो अनुमति

मोरङ जेलमा प्रहरीको खानतलासी, कैदीबन्दीद्वारा विरोध

वैदेशिक रोजगारी व्यवसायी र सरकारबीच सहमति, आन्दोलन फिर्ता

वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भावना अध्ययन गर्न कार्यदल गठन

सरकारसँग सहमति भएपछि वैदेशिक रोजगार व्यवसायीले आन्दोलन फिर्ता लिए

लगातार वर्षाले ९ सडकखण्ड अवरुद्ध, यात्रामा सावधानी अपनाउन प्रहरीको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu