ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

र्साक मुलुकमा कोरोना संक्रमण, भारतमा धेरै भूटानमा कम


एबीसी / संवाददाता
३१ बैशाख २०७८, शुक्रबार   १ : ५७   बजे

काठमाडौं, ३१ वैशाख । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०का सदस्य राष्ट्रहरूमा नयाँ भेरियन्टको कोरोनाभाइरस ९कोभिड–१९० सङ्क्रमण दर तीव्र बढ्न थालेको छ । कोरोनाको नयाँ भेरियन्टबाट सबैभन्दा बढी भारत प्रभावित भएको छ भने भूटानमा सङ्क्रमण नियन्त्रण उन्मुख देखिएको छ । भारतमा पछिल्लो केही हप्तादेखि निरन्तर बढिरहेको सङ्क्रमित सङ्ख्या चार लाखको हाराहारी पुग्न थालेको छ ।
वर्लड्ओमिटको बिहीबार मध्याह्नको तथ्याङ्कअनुसार भारतमा दुई लाख ५८ हजार ३५१, पाकिस्तानमा १९ हजार ३३६, बंगलादेशमा १२ हजार ४५, अफ्गानिस्तानमा दुई हजार ७२१, नेपालमा चार हजार २५२, श्रीलंकामा ८६८, मल्दिभ्समा ८७ र भुटानमा १ जनाको मृत्यु भएको छ ।

सार्क राष्ट्रहरुले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्दापनि दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गएको देखिन्छ ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट हाल सबैभन्दा बढी प्रभावित बनेको राष्ट्र भारत हो । भारतमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ लाख १० हजार ४९१ रहेको छ भने ८ हजार ९४४ जनाको अवस्था गम्भीर गरेको वल्र्डओमिटको तथ्याङ्कले देखाएको छ ।

भारतमा हालसम्म एक करोड ९७ लाख ३४ हजार ८२३ जना सङ्क्रमण मुक्त भएका छन् भने कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ३७ लाख तीन हजार ६६५  रहेको छ । त्यस्तै भारमा हालसम्म दुई लाख ५८ हजार ३५१ जाको सङ्क्रमणको कारण मृत्यु भएको छ ।

भारतपछि सार्क राष्ट्रमा कोरोना सङ्क्रमण पाकिस्तानमा देखिएको छ । कोरोना सङ्क्रमणका कारण पाकिस्तानमा हालसम्म १९ हजार ३३६ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पाकिस्तानमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७५ हजार २२ ९७५०२२० रहेको छ भने चार हजार ५६७ जनाको अवस्था गम्भीर रहेको छ ।

आठ लाख ७० हजार ७०३ कुल सङ्क्रमितमध्ये सात लाख ७६ हजार ३१५ जना सङ्क्रमण मुक्त भएका छन् ।बंगलादेशमा कुल सङ्क्रमितको सङ्ख्या सात लाख ७७ हजार ३९७ रहेकोमा सात लाख १८ हजार २४९ जना सङ्क्रमण मुक्त भएका छन् ।

त्यस्तै बंगलादेशमा हालसम्म १२ हजार ४५ जनाको मृत्यु भएको छ भने ४७ हजार १०३ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये ११ सय २० जनाको अवस्था गम्भीर रहेको वल्र्डओमिटको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी वैशाख पहिलो सातादेखि नेपालमा पनि कोरोना सङ्क्रमण दर तीव्र रुपमा बढ्दै गएको छ । नेपालमा कुल सङ्क्रमितको सङ्ख्या चार लाख २२ हजार ३४९ रहेको छ । जसमध्ये ४२ सय ५२ जनाको मृत्यु भइरहेको छ । त्यस्तै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या तीन लाख १६ हजार ४६३ पुगेको छछ । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १६ हजार ३४ छ ।

नेपालमा कोरोना सङ्क्रमण दर बढ्न थालेपछि सरकारले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । यो निषेधाज्ञा जेठ १५ गतेसम्म लागू हुने छ ।यसैगरी सार्क राष्ट्रकै अर्को मुलुक श्रीलंकामा पनि कोरोना सङ्क्रमण दर केही बढ्दो मात्रामा देखिएको छ । कोरोनाका कारण श्रीलंकामा हालसम्म एक लाख ३२ हजार ५२७ जना सङ्क्रमित भइसकेका छन् भने एक लाख सात हजार ६५८ जना सङ्क्रमण मुक्त भएका छन् ।
त्यस्तै हाल श्रीलंकामा २४ सय २ जना सक्रिय सङ्क्रमित छन् । साथै ८६८ जनाको सङ्क्रमणकै कारण मृत्यु भइसकेको छ ।

अफगानिस्तानमा पनि कोरोना सङ्क्रमण बढ्दो छ । अफगानिस्तानमा हालसम्म २७ सय २१ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या ६२ हजार ९४२ पुगेको छ । अफगानिस्तानमा हालुसम्म ५४ हजार ५३४ जना निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६८७ रहेको छ । जसमाा ११ सय २४ जनाको अवस्था गम्भीर रहेको छ ।

सार्क राष्ट्रहरुमध्ये अर्को मुलुक माल्दिभ्समा कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार ९२ पुगेको छ । हालसम्म माल्दिभ्समा ८७ जनाको मृत्यस भएको छ । त्यस्तै हालसम्म यहाँ २७ हजार १२३ जना सङ्क्रमण मुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार ८८२ रहेको छ । जसमा ९० जनाको अवस्था गम्भीर रहेको छ ।सार्क राष्ट्रहरुमध्ये कोरोना सङ्क्रमणबाट सबैभन्दा कम प्रभावित राष्ट्र भुटान देखिएको छ । भुटानमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १२ सय ९२ पुगेको छ । भुटानमा सङ्क्रमितमध्ये ११ सय २१ जना निको भएका छन् भने हालसम्म १ जना सङ्क्रमितबमे मृत्यु भएको छ । साथै हाल १३५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu