ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना महामारीलाई जित्नका लागि रंग पत्रकारको भूमिका महत्वपूर्ण रहने पोखरेलको भनाइ


एबीसी / संवाददाता
७ जेष्ठ २०७८, शुक्रबार   २ : ३५   बजे

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीलाई जित्नका लागि रंग पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । चलचित्र पत्रकार संघको २२ औँ स्थापना तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघ दाङ शाखाले शुक्रबार ९आज० भर्चुअल रुपमा गरेको अन्तरक्रियात्मक कार्यक्रममा अध्यक्ष पोखरेलले कोरोनाको विपत्तको घडिमा नागरिकमा निराशापनि बढी देखिएकाले रंग पत्रकारिताका माध्यमबाट सकारात्मक कुरा दिनुपर्ने बताउनुभयो ।

कोरोना महामारीको बिचमा सुचना आदान–प्रदान गर्नु पत्रकारिताको धर्म भएकाले सुरक्षित र सावधानीपूर्वक काम गर्न उहाँले आग्रह समेत गर्नुभएको छ । विपद्मा पत्रकार तथा संचार जगतको भूमिका महत्वपूर्ण रहेकाले राज्यले पनि पत्रकारका लागि विषेश भूमिका खेल्नुपर्ने बताउनुभयो । पेशागत सुरक्षाका लागि आफुहरु श्रमजीवीकै पक्षमा रहेको उल्लेख गर्दै उहाँले कोरोनाको विपद्का घडिमा नागरिकलाई निराश भन्दा पनि उत्साहजनक सन्देश प्रवाह गर्नु सम्पूर्ण पत्रकार तथा संचारमाध्यमलाई अनुरोध गर्नुभयो ।

त्यस अवसरमा चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौला, पूर्व अध्यक्ष एवं  वरिष्ठ रंग पत्रकार शान्ति प्रिय, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी,नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी लगायतले कोरोना महामारीमा रंग पत्रकारितालाई अझ सशक्त बनाउन सकेन नागरिकमा देखिएको निराशालाई केहि भएपनि कम गर्न सकिने बताउनुभयो ।

कोभिड–१९ महामारीका कारण हाल देश नै लकडाउनमा रहेकाले भौतिक उपस्थितिमा कुनै पनि कार्यक्रम गर्न सकिने अवस्था नरहेकाले संघले हरेक वर्ष गर्दै आएको सम्मान र पुरस्कारको कार्यक्रमलाई स्थगित गर्दै शुक्रबार “चलचित्र पत्रकारिता र पत्रकारको वर्तमान अवस्था“ विषयक अन्तरक्रिया गर्ने निर्णय गरेको हो ।

संघले वार्षिकोत्सबकै दिन नेपाल पत्रकार महासंघ दाङ शाखाले संचालन गरेको आइसोलेसन व्यवस्थापन तथा संचालन र पत्रकार सहायता कोषलाई ५ हजार ५ सय ५५ रुपैयाँ  सहयोग गरेको छ ।

त्यस्तै पत्रकार देविराम कुसारीको अगुवाईमा कोरोनाबाट मृत्यु भएकालाई दाहसंस्कार लागि आवश्यक काठ खरिद तथा घाट व्यवस्थापन गर्न संचालित “काठ बैंक “अभियानलाई ४ हजार ४ सय ४४ रुपैयाँ  आर्थिक सहयोग गर्ने घोषणा गरेको  संघका अध्यक्ष शिव पुनले जनाकारी दिनुभयो ।

हरेक वर्षको जेठ–७ गतेलाई संघले वार्षिकोत्सब तथा राष्ट्रिय  चलचित्र पत्रकारिता दिवसको रुपमा मनाउदै आएको छ । यसवर्ष संघले कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट कार्यक्रम गरेको हो । संघका अध्यक्ष शिब पुनको अध्यक्ष तथा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरलेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चलचित्र पत्रकार संघ दाङका सल्लाहकार शरद रेग्मी,निवर्तमान अध्यक्ष ध्रुव राज न्यौपाने,चलचित्र पत्रकार संघका चितवन अध्यक्ष रबि अधिकारी,कास्की शाखा अध्यक्ष अरुण गिरी,पत्रकार बसन्त आचार्य लगाएतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको सहजीकरण सचिव पूर्ण केसीले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group