काठमाडौं– आफू जन्मेको देशको माया कसलाई हुन्न र ?आफ्नो देशको माया सबैलाई हुन्छ ।
यस्तै भावना समेटिएको एउटा देशभक्ति गीत ‘नेपास् जिगु’ मार्फत वरिष्ठ कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठ दर्शक तथा स्रोतामाझ आउनु भएको छ ।
उहाँको स्वरमा एउटा नेपाल भाषाको देशभक्ति गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।साहित्यकार सुरेन्द्र महर्जन अमरको रचनामा मतिनाया खँ शीर्षकको नेवारी गीति एल्बमभित्र सङ्ग्रहित नेपाल भाषाको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।सार्वजनिक गीतमा रामकृष्ण जुजुको प्रस्तुति रहेको छ ।देशको माया अनि देशलाई प्राणभन्दा प्यारो, नेपाल आमाको सन्तान भएर मुटुभित्र नेपाल राखेर बाँच्न पाउँ अनि देशको निमित्त प्राण पनि दिन सक्छु भन्दै यो गीतले नेपाली भै जीउनु सारा नेपालीको शान हो भन्ने सन्देश दिएको छ ।
संगीतकार सन्तोष श्रेष्ठको संगीत तथा बुद्ध सायमीको संगीत संयोजनको उक्त गीतको भिडियामा मदनकृष्ण श्रेष्ठ, रामकृष्ण जुजु, हसना महर्जन, रुक्सना महर्जन, रितिना महर्जन, इशु महर्जन आदिको अभिनय छ ।
कुमारी नृत्यमा मैयाँ महर्जन र लाखे नृत्यमा सुजन बज्राचार्यको अभिनय रहेको छ ।गीतको सम्पादन र छायांकन अमर चित्रकारले गरेका छन् भने सुरेन्द्र तुलाधरले भिडियो निर्देशन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्