ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जातीय सद्भावका लागि सडक नाटक


admin
१२ पुस २०७४, बुधबार   १२ : ०७   बजे

रोल्पा, १२ पुस। विविध जाति, भाषा, धर्म र सांस्कृतिक समुदायबीच सद्भाव अभिवृद्धि गर्दैै सांस्कृतिक सहिष्णुता कायम राख्ने उद्देश्यसहित रोल्पा सदरमुकाम लिवाङमा सडक नाटक तथा सांस्कृतिक कार्यक्रम गरिएको छ ।

मानवअधिकार तथा कानूनी सेवा केन्द्र, रोल्पाको आयोजना र सुनछहरी कलाकेन्द्र रोल्पाको प्रस्तुतिमा सम्पन्न सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा फरकफरक समुदाय र जातजातिका संस्कारको अपमान गर्दा समाजिक सम्बन्ध बिग्रनुका साथै द्वन्द्वसमेत निम्तने भएकाले सबैको संस्कारलाई सम्मान गर्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको मानवअधिकार तथा कानूनी सेवा केन्द्र, रोल्पाका खेमबहादुर बुढामगरले जानकारी दिनुभयो । नाटकमा कलाकारले मगर, गुरुङ, ठकुरी तथा खस आर्य जातिको सांस्कृतिक झलकसहित नृत्यसमेत प्रस्तुत गरेका थिए ।

मुलुकमा जातजाति, भाषा, धर्म र भौगोलिकताका आधारमा विभेद आउन नहुने भन्दै सबै समुदायका बीच प्रगाढ सम्बन्ध बनाउने सन्देश प्रस्तुत भएको थियो । पैतालिस प्रतिशतभन्दा बढी जनजाति समुदायको बाहुल्यता रहेको रोल्पामा खस क्षेत्रीको संख्या छत्तीस प्रतिशत रहेको छ । जिल्लामा करिब १५ प्रतिशत दलितको बसोबास रहेको छ ।

संघीयता कार्यान्वयनसँगै जातजाति, भाषा, धर्म र भूगोलका नाममा भविष्यमा हुनसक्ने सम्भावित द्वन्द्वलाई यस्ता कार्यक्रमले न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group