ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी ६ वटा कुरा गरे सम्बन्ध टुट्छ होस गरौँ


एबीसी / संवाददाता
५ असार २०७८, शनिबार   ३ : ०६   बजे

‘जीवनभर नछुटिने’ वाचा गर्दै जोडिएका सम्बन्धहरु धरापमा पर्छ । ‘सँगै मर्ने, सँगै बाच्ने’ कसम खाएर बाँधिएका नाता टुट्न थाल्छ । किन यस्तो हुन्छ ?जब एउटा दम्पतीको सम्बन्ध टुट्न पुग्छ, त्यसले उनीहरुको जीवनलाई मात्र असर पुर्‍याउँदैन । यसको सबैभन्दा खराब नतिजा उनीहरुका छोराछोरीले झेल्नुपर्छ । त्यससँगै आमाबुवा, आफन्त र इष्टमित्रले । समाजमा पनि यसको खराब असर पर्छ । त्यसैले एउटा दम्पतीको सम्बन्ध टुट्दा सामाजिक संरचनामा नै असर पुग्छ । यो सबै कुराबाट बेखबर हुँदैनन्, दम्पतीहरु । तर उनीहरु यस्तो मोडमा पुग्छन्, जसले दुबैलाई अलग हुन बाध्य बनाउँछ । आखिर कसरी दम्पतीको सम्बन्ध टुट्न पुग्छ रु उनीहरुवीच कसरी कलह पैदा हुन्छ रु कसरी अविश्वास र असहयोग बढ्न थाल्छ ?

झुट बोल्ने : यदाकदा आफ्नो बचाउको लागि वा राम्रै कामको लागि पनि हामी झुट बोल्न बाध्य हुन्छौ । तर, कतिको बानी झुट बोल्ने वा छल्ने किसिमको हुन्छ । उनीहरु यर्थाथलाई ढाकछोप गरेर झुटको साहारा लिन्छन् । जब पतिले पत्नी वा पत्नीले पतिलाई झुट बोलेर वास्तविकता लुकाउन थाल्छ । उनीहरुमा भ्रम पैदा हुन्छ । अविश्वास पैदा हुन्छ । एकले अर्कालाई विश्वास गर्ने वातावरण बन्दैन । यसले दाम्पत्य सम्बन्धलाई नराम्ररी थला पार्छ ।

बदल्ने प्रयास : हरेकको जन्मजात स्वभाव हुन्छ, खुबी हुन्छ । संसारमा जन्मिने कोहिपनि समान हुँदैनन् । तर, बिवाहपछि अक्सर पतिरपत्नीले एकअर्कालाई आफु जस्तै बनाउने प्रयास गर्छन् । आफुले जो सोचिन्छ, जो बुझिन्छ त्यही नै पार्टनरले पनि सोच्नुपर्छ, बुझ्नुपर्छ भन्ने भावना धेरैमा हुन्छ । आफ्नो मर्जी अनुसार पार्टनरको स्वभाव, काम गर्ने तरिका बदल्न खोजिन्छ । यसले पारिवारिक सन्तुलन बिग्रन्छ । एकले अर्कालाई कम आँक्ने, हेला गर्ने प्रवृत्ति बन्छ । यहि कारण दाम्पत्य सम्बन्ध चिसिदै जान्छ ।

तुलना गर्ने : संसारमा कोहि कसैसँग तुलना हुनै सक्दैन । तर, बिवाहपछि पती(पत्नी एकअर्कासँग तुलना गर्न थाल्छन् । दोस्रो व्यक्तिसँग तुलना गर्दा आफ्नो पार्टनरको स्तरवृद्धि हुने होइन, बरु त्यसले मनोबल गिराउने काम गर्छ । कसैसँग आफ्नो पार्टनरलाई दाँजेर हेर्ने प्रवृत्तिले आफु स्वंमलाई दुखी र खिन्न तुल्याउँछ । पार्टनरप्रति अन्तुष्ट बनाउँछ ।

चियो चर्चा गर्ने : आफ्नो पार्टनरप्रति जहिल्यै शसंकित हुने प्रवृत्ति पनि कतिपयमा हुन्छ । पार्टनरको कुरामा शंका गर्ने, मोवाइल कल चेक गर्ने, म्यासेज पढ्ने, इमेल वा सोशल साइट्मा चासो राख्ने जस्ता बानीले दाम्पत्य सम्बन्ध मजबुद हुन दिदैन ।

अर्कोको सामु कुरा काट्ने : दोस्रो व्यक्ति वा परिवारका अन्य सदस्यका अगाडि आफ्नो पार्टनरको कुरा काट्ने बानीले दाम्पत्य जीवनमा नकारात्मक नतिजा दिन्छ । पार्टनरसँग रिस पोख्न वा आफुलाई राम्रो देखाउने वाहानामा पार्टनरलाई गिराएर वा होच्याएर अर्काको अगाडि कुरा नगरौं ।

आफ्नोलागि मात्र सोच्ने : बिवाहअघि हरेक कुराको निर्णय आफुलाई केन्द्रमा राखेर लिइन्छ । जस्तो, आफुलाई के गर्दा रमाइलो लाग्छ, कस्तो खानेकुरा मीठो लाग्छ, कहाँ घुम्न मन लाग्छ जस्ता कुरामा एकलौटी निर्णय लिन सकिन्छ । तर, बिवाहपछि यस्तो कुरामा पार्टनरको भावना पनि बुझ्नुपर्छ । हरेक कुराको निर्णय आफ्नै मर्जी अनुसार गर्नु हुन्न ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदलाई स्वकीय सचिव दिने निर्णय तत्काल नरोकिने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu