ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेम सम्बन्धी धारणा र ब्यवहार पनि राशि अनुसार फरक: ज्योतिष शास्त्र


एबीसी / संवाददाता
७ असार २०७८, सोमबार   १० : ४६   बजे

भनिन्छ जीवनमा कुनै न कुनै समयमा प्रेममा पर्छ मान्छे । प्रेम निजी विश्वासमा आधारित हुने कुरा हो । प्रेमबारे मानिसका धारणा फरक फरक हुन्छन् तर सबैलाई आफ्नो पार्टनरको विषयमा चिन्ता र चासो हुन्छ हरेक मानिसको प्रेमिल स्वभाव फरक फरक हुन्छ । कसले तपाइँलाई मायाँ गर्छ र कस्ले धोका दिन्छ थाहा पाउन कठिन छ । तर ज्योतिष शास्त्र भने यस्तो कुरा राशि अनुसार फरक पर्ने दावी गर्छ । मान्छेको हरेक स्वभाव जस्तै प्रेम सम्बन्धी धारणा र ब्यवहार पनि राशि अनुसार फरक हुने ज्योतिष शास्त्रको भनाइ छ ।

यहाँ राशि अनुसार मानिसको प्रेम ब्यवहार कस्तो हुन्छ भन्ने विषयमा चर्चा गरिएको छ मेष राशि स् मेष राशिका मानिस आकर्षक र प्रभावशाली स्वभावका हुन्छन् । यो राशिका पुरुष शाहसी हुन्छन् र केटीहरु छिटो आकर्षित हुन्छन् । मेष राशिका ब्यक्ति हतारमा प्रेम गर्छन् । कामुक स्वभावका हुने भएका कारण यिनीहरु हतारमा शारीरिक सम्बन्ध राख्न खोज्छन् । हतारमा प्रेम गर्ने हुँदा यिनीहरुको प्रेम विछोडमा टुङ्गिन्छ ।

वृष राशि : वृष राशिका ब्यक्तिलाई उत्तम श्रेणीका प्रेमी मानिन्छ । वृष राशिका ब्यक्ति प्रेम सम्न्ध राख्न माहिर हुन्छन् । यिनीहरु पनि छिट्टै प्रेममा पर्छन् । भावुक स्वभावका हुने हुँदा यिनीहरुको प्रेम असीम हुन्छ । यो राशिका मानिसको बैबाहिक जीवन पनि सुखी हुन्छ मिथुन राशि स्यो राशिका ब्यक्तिका धेरै प्रेम सम्बन्ध हुन्छन् । त्यति मात्र होइन बहुविवाहको सम्भावना पनि हुन्छ । खासमा भन्दा यो राशिका ब्यक्ति प्रेमलाई खेलौना सम्झिन्छन् भन्दा पनि हुन्छ । यिनीहरु विवाहमा सन्तुष्ट हुँदैनन् ।

कर्कट राशि : ज्योतिष शास्त्रका अनुसार कर्कट राशिका ब्यक्ति प्रेमको विषयमा मुडी हुन्छन् । यिनीहरु सम्बन्ध प्रति निक्कै इमान्दार हुन्छन् तर मुड अनुसार ब्यवहार हुन्छन् । यिनीहरुको बैबाहिक जीवनमा परिवर्तन आइरहन्छ । यिनीहरुको भाग्य विवाहपछि खुल्छ सिंह राशि स् सिंह राशिका ब्यक्तिको आवाज सुमधुर हुन्छ । यो राशिका पुरुषसँग केटीहरु आकर्षित हुन्छन् । यो राशिका ब्यक्तिको प्रेम सम्बन्ध धेरै जसो सफल हुन्छ । वैवाहिक जीवन पनि सफल हुन्छ कन्या राशि स्कन्या राशिको मानिसहरु राम्रा प्रेमी मानिँदैनन् । यो राशिका ब्यक्ति आकर्षक ब्यक्तित्वका हुन्छन् । मानिस प्रभावित गर्ने क्षमता पनि हुन्छ । त्यसकारण यिनीहरुको सम्बन्ध धेरैसँग हुने पनि हुन्छ ।

तुला राशि : ज्योतिषका अनुसार तुला राशिक ब्यक्ति महान प्रेमीमा पर्छन् । यिनीहरुको प्रेम गहिरो हुन्छ । तर यिनीहरु प्रेममा रहेपनि मानसिक तनावबाट गुज्रीरहेका हुन्छन् ।वृश्चिक राशि स्वृश्चिक राशिका मानिस उच्च आदर्श प्रेमी मानिन्छन् । यिनीहरु प्रेमका लागि सर्वस्व स्वीकार गर्न तयार हुन्छन् । यिनीहरु प्रेममा निक्कै इमान्दार मानिन्छन् । तर इर्श्याको भावना भने यो राशिका ब्यक्तिमा प्रवल हुन्छ । यिनीहरुको त्यागी भावनाले विपरित लिङ्गका मानिसहरु आकर्षित हुन्छन् ।

धनु राशि : धनु राशिका प्रेमी संवेदनशील र नरममिजासका मानिन्छन् । यिनीहरुको स्वभाव नै सुन्दरतामा आकर्षित हुने हुँदा प्रेम टिकाउ भने हुँदैन । यिनीहरु प्रेममा विछोडका कारण टेन्सनमा हुन्छन् तर नयाँ साथी छिट्टै खोज्छन् ,मकर राशि स्मकर राशिका मानिस जिद्धी पना बढी हुन्छ । ज्योतिष शास्त्रका अनुसार यिनीहरुको यही स्वभावकै कारण प्रेम सम्बन्धमा समस्या समेत भोग्छन् । यो राशिका ब्यक्तिले जीवन साथीलाई निक्कै मायाँ गर्छन् तर झगडा पनि गर्छन् जिद्धी स्वाभवका कारण ।

कुम्भ राशि : शास्त्रका अनुसार कुम्भ राशिका मानिस प्रेममा बढी भावुक हुन्छन् । यिनीहरु मन देखि मायाँ गर्छन् । निस्वार्थ प्रेम गरेपनि यिनीहरुले धोका पाउने सम्भावना बढी हुन्छ । प्रेममा विक्षिप्त भएपनि नयाँ साथीको खोजिमा भने यिनीहरु पनि रहन्छन् ,मीन राशि : मीन राशिका प्रेमी प्रेमिकाको स्वभाव माछाको जस्तो हुन्छ । यिनीहरु भावुक हुन्छन् र छिटो विपरित लिङ्गीप्रति आकर्षित हुन्छन् । प्रभाव पार्न सिपालु हुन्छन् तर यिनीहरुको प्रेम जीवनमा धेरै उतार चढाव आउँछ । बैबाहिक सम्बन्धमा गहिरो प्रेम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group