ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतमा कालो वर्णका कलाकारहरू अमेरिका पलायन


एबीसी / संवाददाता
१३ असार २०७८, आइतबार   २ : ३४   बजे

एजेन्सी/ ब्रिटिस अभिनेत्री नाताली इमानुयलले बेलायती चलचित्र उद्योगमा रंगका आधारमा भेदभाव हुने गरेको दाबी गरेकी छन्। चर्चित अमेरिकन सिरिज ‘गेम अफ थ्रोन्स’ र ‘फास्ट एन्ड फ्युरियस’मा अभिनय गरिसकेकी इमानुयलले बेलायतमा काला वर्णका कलाकारहरूले मौका नपाउने भएकाले अमेरिका पलायन हुन बाध्य भएको बताएकी हुन्। बेलायतका काला वर्णका मानिसहरूले पाएका दुःख र गर्नु परेको संघर्षका बारेमा बोल्दा निकै भावुक बनेकी इमानुयलको आँखामा आँसु छचल्किएको थियो।

‘बेलायती फिल्म उद्योगले हामीलाई खुसीले कहिले पनि अँगालेन। मजस्ता कयौं कालो वर्णका कलाकारहरू अमेरिका पलायन भएका छन्। किनभने बेलायतमा हामीलाई कुनै अवसर नै दिइँदैन’, उनले भनेकी छन्, ‘जसले गर्दा कयौं प्रतिभाशाली कलाकारहरू समयसँगै कतै हराए अत्तोपत्तो छैन।’

३२ वर्षीया अभिनेत्री इमानुयलले बेलायतमा अवसर पाएको भए आफू देश छोडेर अमेरिका पलायन नहुने पनि बताएकी छन्। उनले अहिले आफू अमेरिकाको फिल्म उद्योगमा रमाइरहेको र अमेरिकी चलचित्र उद्योगले पनि फरकफरक पृष्ठभूमिका मानिसहरूलाई मौका दिइरहेको उल्लेख गरेकी छन्। उनले आफ्नो देश छोडेर अमेरिका बस्ने निर्णयप्रति अहिले गर्व महसुुस गरिरहेको बताएकी छिन्।

‘अमेरिकामा धेरै देशका मानिस अटाएका छन्। उनीहरूले आफ्नो क्षमता र योग्यताअनुसार काम पनि पाइरहेका छन्’, उनले भनेकी छन्, ‘तर यहाँ पनि केही परिवर्तन भने गर्नु पर्नेछ। हामी त्यो मुद्दालाई उठाई पनि रहेका छौं।’ इमानुएलले गत महिना पनि हलिउडमा देखाइँदै आएको नग्नताका विषयमा पनि वकालत गरेकी थिइन्। जसलाई लिएर अहिले पनि विभिन्न बहसहरू भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group