ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिसिल्ड दोस्रो डोज खोप लगाउन कुन प्रदेशमा कति बाँकी (कहाँ कति सूचिसहित)


एबीसी / संवाददाता
१९ असार २०७८, शनिबार   ११ : ३४   बजे

काठमाडौँ, १९ असार । देशभर (कोभिसिल्ड) को पहिलो डोज खोप लगाइ दोस्रो डोजको पर्खाइमा १३ लाख ६८ हजार ८५९ मानिस रहेका छन् । ‍स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिसिल्डको दोस्रो मात्रा चार लाख ५९ हजार ६२५ जनाले लगाएका छन् ।प्रदेश १ मा दुई लाख ५४ हजार ३६१ मानिसले लगाउँन दोस्रो खोप लगाउन बाँकी रहेको छ । ५२ हजार ८२५ दुवै डोजको मात्रा पूरा गरिसकेका छन् । प्रदेश २ मा दुई लाख ७४ हजार ३७४ जनाले दोस्रो खोप लगाउन बाँकी छ । ४६ हजार १५८ जना मानिसले दुवै डोजको मात्रा पूरा गरिसकेका छन् ।

बागमती प्रदेशमा दुई लाख ६१ हजार ३२९ जना दोस्रो खोप लगाउन बाँकी छन् । एक लाख ६० हजार १५३ जना मानिसले दुवै डोजको मात्रा पूरा गरिसकेका छन् ।गण्डकी प्रदेशमा एक लाख ३८ हजार ३६३ जना मानिस दोस्रो खोप लगाउनबाट वञ्चित छन् । ४९ हजार ६११ जना मानिसले दुवै डोजको मात्रा पूरा गरिसकेका छन् ।लुम्बिनी प्रदेशमा एक लाख ९४ हजार ३५२ जना खोपले पहिलो खोप लगाएर दोस्रो डोजको पर्खाइमा छन् । ८४ हजार १२४ जनाले दुवै डोजको मात्रा पूरा गरिसकेका छन् । कर्णाली प्रदेशमा ७८ हजार ४८० जनाले पहिलो मात्रा लगाएका छन् । जसमध्ये २८ हजार ८४८ जनाले खोप जनाले दुवै डोजको मात्रा पूरा गरिसकेका छन् ।

सुदुरपश्चिम प्रदेशमा जना ३७ हजार ९०६ ले दुवै डोजको मात्रा पूरा गरिसकेका छन् । पहिलो खोप लगाएर दोस्रो डोजको पर्खाइमा एक लाख ६७ हजार ६०० जनाको संख्या छ ।नेपालमा हालसम्म कोभिडविरुद्धको पहिलो र दोस्रो खोप लगाउनेको कुल संख्या ३३ लाख ६२ हजार ५०१ जना छन् ।

जसमध्ये पहिलो मात्रा लगाउनेको संख्या २६ लाख ४ हजार ८६६ र दोस्रो मात्रा लगाउनेको संख्या ७ लाख ५७ हजार ६३५ छ ।भारतको सिरम इन्स्च्युटबाट उत्पादित कोभिसिल्ड खोप ७५ वर्षका माथिका ज्येष्ठ नागरिकलाई लगाइएको थियो । पहिलो चरणमा भारतले अनुदानस्वरुप १० लाख खोप उपलब्ध गराएको थियो । खरिद गरी १० लाख र भारतीय सेनाले नेपालीलाई अनुदान स्वरुप एक लाख खोप दिएको थियो ।कोभ्याक्स अन्तर्गत ३ लाख ४८ हजार खोप पनि आएको थियो । कोभ्याक्स अन्तर्गत पाउनुपर्ने नपाएकाले र भारतले खरिद गरेको खोप उपलब्ध गराउन नसक्दा करिब १४ लाख मानिस खोप कोभिसिल्डको दोस्रो डोज लगाउनबाट वञ्चित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu