ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संखुवासभाको मतपत्र काठमाडौमा


sharan sharan
१७ पुस २०७४, सोमबार   ८ : ३९   बजे

 काठमाडौं, १७ पुस ।एक मात्र प्रतिनिधीसभा र दुई ओटा प्रदेशसभा रहेको संखुवासभा जिल्लामा प्रतिनिधिसभा तर्फको मतगणना एक पक्षीय ढंगबाट गरेको आरोप लगाउदै सर्वोच्चमा उजुरी परेको थियो । नेपाली सेनाको हेलिकप्टरबाट मतपत्र, मुचुल्का लगायत सम्पूर्ण निर्वाचन सामग्रीहरु काठमाडौ ल्याईएको हो ।

संखुवासभा जिल्लाको प्रतिनिधिसभा तर्फ नेपाली काग्रेसका उम्मेदवार दिपक खड्काले पुष ३ गते सर्वोच्च अदालतमा पुनः मतगणनाको माग गर्दै निवेदन दर्ता गराएका गराउनु भएको थियो । पुस ७ गते सर्वोच्च अदालतमा बादीप्रतिबादी बीच छलफल भएको थियो । त्यसपछि १४ गतेको पुनः छलफलले जिल्ला निर्वाचन कार्यालय संखुवासभालाई मतपत्र र मुचुल्का सहित निर्वाचनका सामग्रीहरु निर्वाचन आयोगको कार्यालय काठमाडौमा तत्कालै पठाउन सर्वोच्च अदालतले आदेश दिएको थियो । सर्वोच्च अदालतको आदेश अनुसार मतपत्र काठमाडौ पठाईएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनुभयो ।

सर्बोच्च अदालतको आदेश अनुसार जिल्लाका कृयाशिल राजनैतिकदलका प्रतिनिधिहरुको रोहवरमा मतपत्र लगायतका सम्पूर्ण निर्वाचन सामग्रीहरु पठाइएको हो । प्रतिनिधिसभा उम्मेवार दिपक खड्काले मतगणनाको क्रममा निर्वाचनमा खटिएका कर्मचारीहरुले पक्षपाति गरेको, बदर मतको संख्या बढि देखाएको र मत गणनामा काँग्रेसको प्रतिनिधि नहुदाँ पनि निर्वाचन अधिकृतले एक पक्षीय ढंगबाट मतगणना गरेको आरोप लगाउदै आउनु भएको थियो ।

संखुवासभा जिल्लामा प्रतिनिधिसभा तर्फ ६९ हजार २ सय ४६ मत खसेकोमा ३ हजार २ सय ५६ मत बदर भएको थियो । प्रतिनिधिसभा तर्फ नेकपा एमालेका उम्मेदवार राजेन्द्र गौतमले ३२ हजार ७ सय ६९ मत प्राप्त गरि बिजयी भएका थिए भने उनको निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका उम्मेदवार दिपक खड्काले ३१ हजार ६ सय ३९ मत प्राप्त गरेको थिए । गौतमले खडकालाई १ हजार १ सय ३० मतअन्तरले पराजित गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अटोमोबाइल क्षेत्र अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

प्रचण्ड–माधव बैठकपछि बागमती सरकारलाई राहत, ८ सांसद विश्वासको मत दिन सकारात्मक

सम्बन्धित

३६ वर्षको अनुभव सुनाउँदै अञ्जन श्रेष्ठको चेतावनी : ‘अर्थतन्त्र यस्तो कठिन अवस्थामा कहिल्यै देखेको थिइनँ’

गरिमा हत्या प्रकरणमा प्रहरी अनुसन्धान ‘क्लोज सर्कल’ तर्फ, पक्राउ परेका ९ जना को–को?

नाडा अटो शोमा टाटाको नयाँ ‘सिएरा डट ईभी’ सार्वजनिक, ६६५ किमिसम्म रेन्जको दाबी

नाडा अटो शोमा डोङफेङका दुई नयाँ विद्युतीय मोडल सार्वजनिक

२१ कूटनीतिक नियोग राजदूतविहीन : राष्ट्रियसभामा सरकारमाथि ‘कूटनीतिक खेलाँची’को आरोप

ट्यालेन्ट राउन्डको फाइनलमा मिस नेपाल लुना, शीर्ष ४० मा पुग्ने अवसर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu