ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मृत्यु पत्रमा हस्ताक्षर गर्दा


sharan sharan
१८ पुस २०७४, मंगलबार   १० : ३९   बजे

आंगनमा सेतो ओढ्नेले ढाकेर मलाइ सुताइएको थियो । अचम्म लाग्यो यस्तो पनि हुनेरहेछ । भोगाइ हो यो म आखा चिम्लेर सोचिरहन्थे सायद म जिउदो हुंदा हजारबार लडाएर मेरो लर्खराहटमा कृतिम हात दिन तम्सिनेहरु पनि यो हुलमुलमा उदास भएको नाटक गरिरहेका छन् । कति अचम्मको छ दुनिया न दुःख साट्न सकिन्थ्यो न सुख बाँड्न । तर आज उनीहरू पनि मेरो मृत्युपत्रमा हस्ताक्षर गर्न आएका छन् । अझै हतार हतार , हेरे आशु साच्चै बगाएका छन् तर किन ? आफैलाइ सोध्न नपाउदै छोरालाइ नजिक ल्याइयो ।

ममी किन सुतेको किन नउठेको भनेर सबैलाइ सोधेको थियो । लाग्यो जुरुक्क उठेर च्याप्प समाएर बाबु भनौ, तर त्यतिबेलै पण्डित आएर मलाइ सिंगार्न थाले । बिहेमा समेत नलगाएको सिन्दुर लगाइदिन भन्दा बुढाका आँखामा पनि आंशु छचल्किएको थियो । सिंगो जीवन संगै जिउने कसम खाएकी पत्नीलाइ मृत्यु सैयामा देख्ने तागत नभएर उनी लर्खराइरहेका थिए । सायद यो लामो काल खण्डमा सिसाकलमले लेखिएका राम्रा नराम्रा पक्षहरुलाइ मेट्दै फेरि लेख्दै सच्याउंदै मिलाउदै जिन्दगीले सुनौलो घेरा कोर्ने दौरानमानै मलाइ मृत्यु घोषणा गरिएको थियो ।

पटक्कै मन थिएन जीवन जगतबाट हात धुन तर बिधिको बिधान न हो मान्छेले सोचेर कहाँ हुने रैछ र मलाइ चिच्याएर रुन मन लाग्यो । कुनैपनि हालतमा म सानो छोरा छोडेर जानै चाहेकी थिइन । सिगों जीवन नियाल्दै छोराको भविश्य सम्झे सहन पनि गाह्रो भयो चिट–चिट पसिना आए । बुढाले लगाइ दिएको सिन्दुर पसिनाले बग्न थाल्यो । त्यति बेलै बा–आमालाइ अगाडि ल्याइयो । सायद आफुले जन्माउदा र हुर्काउदाको पीडा सम्झेर होला चिच्याएरै रुन थाल्नु भयो । निधारमा हात राखेर पूरा जिन्दगी नियाल्दै जादा बा लाइ पनि लागे होला आफै बिहे गरेपनि त राम्रै थियो । आखिर बा–आमाले आफ्ना सन्तानको खुशीको प्राथना आंफु बाँचुन्जेल गर्छन । छोराछोरीको सुख दुखमा साथदिदै बुढा हुन्छन यो त रितनै त हो । कुन आमा बाउ होला छोराछोरीको खुशीमा खुशी ,रहन नसक्ने ? आमाको मुख हेरे अनेक बादलहरु थिए अनुहारमा । निधार खुम्च्याएर खै के सोचेर हो फेरि भक्कानिदै थिइन । अचम्म छ दुनियाँ !! म बाँचुन्जेल मेरा हरेक सुख दुखले भतभति पोलेकाहरु पनि यो लाममा सहभागी थिए । कहिल्यै म संग मन भित्र बाट खुशी नभएकाहरु पनि चिन्तित नै थिए ।

आखिर मर्नुपर्ने रहेछ न कहिल्यै फर्किन सकिन्छ ,न मिल्न ,न कुरा गर्न । र पनि बाचुन्जेल र किन तं त मम गर्छ मान्छे । आफैलाइ   सम्झें । कान्छाबाले बारीको सांज मिचे भनेर कम्मर फर्काएर झगडा गर्थें । एकदिनत उनलाइ हातै हालें । तर आज म निर्वस्त्र पारिएकी छु । कालिगढकोमा गएर हिंजै मात्र बनाएर ल्याएको कानको टप पनि लाउन नपाउँदै मलाइ मृत्युु घोषणा गरिएको छ । मेरा शरिरका सबै कपडा खोल्ने तर्खर हुंदा म लाजले पानी– पानी भएकी छु ।

मलाइ अप्ठ्यारो हुन थाल्यो, धेरैबेर एकैठाउंमा पल्टिँदा कोल्टोफेर्ने मन थियो तर पण्डित मेरै अगाडि बसेर मेरो बैकुण्ठको बासको ब्यबस्था गर्दै थिए । थोरै आखां चिहाएर हेरें दिदीबहिनी र दाइभाइहरु कोकोहलो मच्याउदै आए । उनीहरूको चित्कारले मेरो आखांबाट आंशु    टप्कियो । आंगनमा संगै खेलेका क्षण सम्झें । भाइहरुलाइ बोकेर गाउँ डुलाएका यादले मुटु भक्कानियो । कसैलाइ पनि राम्रो गर्न सकें या सकिन खै के बुझे मलाइ बुझ्नेहरुले तर मैले खै कस्लाइ के नराम्रो गंरे खुट्टाउनै सकिन । हुनत मान्छेले आफ्नो गल्ती र कमजोरी स्वीकार्न तयार हुंदैन । तर म सिगों जिन्दगी नियाले, कहानेर बाट म फिसलिए खै कहाँनेर कमजोर बने ।

मलाइ सिंगार्न बसेका पण्डीत पनि चिन्तित थिए । हुनत मेरो कर्मकाण्डमा उनले पैसा पाउथे तर उनको मुहारमा पैसा पाउने खुशी भन्दा पनि मेरो मृत्युुको दुख प्रष्ट देखिन्थ्यो । मान्छेहरु पैसाले खुशी किन्न तछाड मछाड गरिरहेको समय ,सम्पन्नता र सम्पत्तिको कारण आफ्नोपन मेटाउन खोजिरहेको समय पैसाको भन्दा मेरो चिन्ता गरेर अमिलो बनेको पण्डीतलाई मैले महान सम्झे ।

पैशा, सत्ता र सम्पत्तिले हर अपराध ढाक्न तछाड मछाड भैरहेको समयमा यी पण्डीत किन दुखी होलान मेरो मृत्युुले । लाग्यो कतै बुढाले हिसाब किताब राम्रो गरेनन्की पण्डीतसंग । बुढातिर हेरें । उनका आंखा रसाएका थिए । अब छिटो गरेर बाँधौं पण्डीत जुरुक्क उठे । म डरले थरथर कांपे । के म आज सांच्चै मरेकै हो र खै कस्लाइ सोध्ने । सबै मेरो मृत्युुपत्रमा हस्ताक्षर गर्न आतुर छन् । मलाइ जन्माउने देखि,संगै खेलेर हुर्केकाहरु,सिगों जीवन साथ रहने कसम खाएकाहरु । सानो छोरा चिच्याएर रुन थाल्यो मामु स्कुल जान ढिला भयो खै ड्रेस लगाइदिएको । मेरा आंखाबाट समुन्द्र धारा आंशु बगे ।

सोचे म मरेकी छैन मेरा बाले मलाइ यहाँबाट उठाउने छन, मेरी आमाले हात दिनेछिन उठ भन्दै, मेरा दिदीबहिनी दाइभाइले मलाइ पक्कै उठाउने छन । अंह कोही अगाडि आउदैन । मलाइ छट्पटी भयो । चिट चिट पसिना चुहिन थाले । पण्डीतले मुखमा अक्षता नराख्दै म आफै जुरुक्क उठें । किनकी हर संकटमा आंफै उठ्न सक्ने बानीपरेको थियो । साँच्चै कहानी पनि कति दर्दनाक हो । सायद यो उनको सपना    थियो !!!!

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

चीनको एआई रणनीति अमेरिकाको भन्दा फरक

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

आर्कटिकमा खतरनाक खेल

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu