ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेसमा नयाँ सदस्य बढी


एबीसी / संवाददाता
१३ भदौ २०७८, आइतबार   ३ : २५   बजे

तनहुँ । तनहुँमा नेपाली काँग्रेस नयाँ सदस्य बढी छन् । पार्टीको जिल्ला शाखाले सार्वजनिक गरेको विवरणमा जिल्लामा पुरानाभन्दा नयाँ सदस्य बढी देखिएका हुन् । यही भदौ १८ गतेदेखि शुरु हुने महाधिवेशनका लागि सार्वजनिक विवरणमा जिल्लामा सात हजार ५७९ नयाँ क्रियाशील सदस्य थपिएका छन् भने नवीकरण गरेका सदस्य छ हजार ९३५ छन् ।

योसँगै कूल क्रियाशील सदस्य १४ हजार ५१४ पुगेका छन् । दश स्थानीय तह रहेको जिल्लामा ८५ वटा वडा छन् । वडामा सबैभन्दा बढी व्यास नगरपालिका–१ मा २९७ नयाँ सदस्य थपिएका छन् । व्यासमा सबैभन्दा बढी दुई हजार २४६ र सबैभन्दा कम आँबुखैरेनी गाउँपालिकामा २४९ नयाँ सदस्य थपिएका हुन् । भानुमा एक हजार १४८, शुक्लागण्डकीमा एक हजार ४०, र भिमाद नगरपालिकामा ५५५, तथा देवघाटमा २५७, बन्दीपुरमा ४४२, म्याग्देमा ७४९, घिरिङमा २७५ र ऋषिङ गाउँपालिकामा ६१८ नयाँ सदस्य थपिएका छन् ।व्यासमा दुई हजार २२४, भानुमा एक हजार १६५, शुक्लागण्डकीमा ९४९, भिमादमा ४८६, तथा देवघाटमा १५५, आँबुखैरेनीमा १६०, बन्दीपुरमा ३८९, म्याग्दे मा ६३५, घिरिङमा २०३ र ऋषिङमा ५६९ जनाले नवीकरण गराएका छन् ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्लामा जिल्ला सभापतिका लागि कार्यवाहक सभापति जीतप्रकाश आले, जिल्ला सचिव विश्व बाँस्तोला, पूर्वसचिव प्रा डा कृष्णप्रसाद गौतमलगायतको चर्चा छ । जिल्ला सचिव लक्ष्मी आचार्य, महासमिति सदस्य रामचन्द्र अधिकारी पनि जिल्ला सभापतिका लागि आकाङ्क्षी देखिएका छन् । वर्तमान सभापति एवं व्यास नगरप्रमुख वैकुण्ठ न्यौपाने पनि पुनःसभापतिमा दोहोरिने चर्चा कार्यकर्तामाझ चलेको छ ।वरिष्ठ नेता पौडेल, केन्द्रीय सदस्य शङ्कर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेललगायत ‘हेभिवेट’ नेताहरु पनि आफू निकटका व्यक्तिलाई नेतृत्वमा ल्याउने तयारीमा छन् ।कार्यवाहक सभापति जीतप्रकाश आलेले जिल्ला सभापतिका लागि आफू स्वभाविक उम्मेदवार भएको बताउनुभयो ।

जिल्लाको सबैभन्दा महत्वपूर्ण व्यासको नगर सभापतिमा ट्रेड युनियन काँग्रेसका अध्यक्ष सूर्यचन्द्र हड्खले, नगर समितिका सहसचिव डम्बर अधिकारी, हरिदत्त पौडेल, डा शेषरमण न्यौपाने प्रतिस्पर्धी देखिनुभएको छ । सहसचिवसमेत रहनुभएका अधिकारीले सभापतिमा उठ्ने तयारीसहित मतदाता भेटघाट शुरु गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group