ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई थाहै भएन– शिल्पा शेट्टी


एबीसी / संवाददाता
३१ भदौ २०७८, बिहिबार   ५ : २९   बजे

काठमाडौं । राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत जानकारी प्राप्त गरेको भन्दै उनले प्रहरीसमक्ष के–कस्ता कुरा गरेकी थिइन् भनर जानकारी दिएको छ । उक्त सञ्चार माध्यमका अनुसार आफ्नो बयानमा शिल्पा शेट्टीले सन् २०१९ मा कुन्द्राले कम्पनी आर्म्सप्राइम मिडिया जोइन गरेको बताइन् । यो कम्पनी पूनम पाण्डे जस्ता ती नायिकाको उत्तेजक भिडियो अपलोड गर्ने गर्दथ्यो । यसलाई उनीहरुले आफ्नो मर्जीले बनाउने गर्दथे ।

शिल्पाले आफूले आरोपी उमेश कामथलाई चिन्ने बताएकी थिइन् किनभने उनी उनको कम्पनी वियान इन्डस्ट्रिजमा काम गर्दथे । फेब्रुअरीमा जब उनी पक्राउ परेका थिए तब शिल्पाले राजसँग उनीबारे कुरा गरेकी थिइन् । स्रोतले बताए अनुसार राजले त्यतिबेला शिल्पालाई कामथ छुट्टै गहना वशिष्ठसँग काम गर्ने र पार्ने भिडियो बनाएर त्यसलाई बेच्ने गरेका कारण उनी पक्राउ परेको बताएका थिए । शिल्पाले आफ्नो बयानमा उनलाई एप्लिकेशन बलीफेमबारे केही पनि थाहा नभएको बताइन् ।

शिल्पाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘वियान इन्डस्ट्रिजमार्फत् हटशट एप बनाइएको थियो भनेर मलाई बल्ल थाहा हुँदैछ र पोर्न भिडियो यसमार्फत् नै बनाइन्थ्यो । जुन प्रदीप बक्शीको कम्पनी केनरिनलाई बेचिएको थियो । म आफ्नो काममा असाध्यै व्यक्त थिएँ र म मेरो श्रीमानलाई के गरिरहेको छौ भनेर सोध्ने बानी पनि थिएन । उनले मलाई आफ्नो कामबारे कहिल्यै केही पनि बताउँदैनथे । मलाई यसबारे केही पनि थाहै छैन । ’

शिल्पा शेट्टीले लण्डनमा बिग ब्रदरको सुटिङ गरिरहेका बेला साथी फारत हुसैनमार्फत् राज कुन्द्रासँग भेट भएको बताइन् । सन् २००९ मा उनीहरुको सम्बन्ध विवाहमा परिणत भएको थियो । त्यतिबेला देखि नै उनीहरु भारतमा बसिरहेका छन् र थुप्रै व्यवसाय गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu