ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी शैलीको नयां शक्तिको १० बुँदे निर्णय यस्तो छ


ABC NEWS
२० पुस २०७४, बिहिबार   ५ : ४९   बजे

पोखरा २० पुस । माओवादी शैलीमा भएको नयां शक्ति नेपालको बैठकले माओवादी शैलीमै संगठन बनाउने निर्णय गरेको छ ।
कास्कीको ल्वांगहोमस्टेमा भएको बैठकल्े विभिन्न १० बुँदे निर्णय गर्दै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालको महाधिवेशन आयोजक समितिको बैठक बिहिबार सम्पन्न भएको छ ।

बैठकले स्थापनादेखि आजसम्म पार्टीले प्राप्त गरेका सकारात्मक उपलब्धीको रक्षा गर्दै सशक्त वैकल्पिक राजनीतिक शक्तिको रुपमा पार्टीलाई विकास र विस्तार गर्ने निर्णय गरेको बाबुराम भट्टराईले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

पार्टीले हालै सम्पन्न राम्रो नतिजा ल्यान नसक्नुमा पार्टीको नीतिलाई जनतासम्म पुर्याउन नसकेको निश्कर्ष निकालेको छ ।

विज्ञप्तीको पूर्णपाठ

महाधिवेशन आयोजक समितिको कास्की, ल्वाङमा सम्पन्न पूर्ण बैठकको निर्णयबारे
प्रेस–विज्ञप्ति

नयाँ शक्ति पार्टी, नेपालको प्रथम महाधिवेशन आयोजक समिति (केन्द्रीय कार्यकारी समिति, संरक्षक परिषद् र विज्ञ परिषद्)को २०७४ पुस १८–२० गतेसम्म कास्की, माछापुच्छ्रे गाउँपालिका, ल्वाङ होमस्टेमा पार्टी संयोजक डा. श्री बाबुराम भट्टराईको अध्यक्षतामा बसेको बैठकले निम्न निर्णय गरेको सार्वजनिक गराइन्छ ।

१. पार्टी स्थापनादेखि आजसम्म पार्टीले प्राप्त गरेका सकारात्मक उपलब्धीको रक्षा गर्दै पार्टीभित्र देखिएका कमीकमजोरीहरुलाई निर्ममतापूर्वक हटाउँदै समयको मागले निर्दिष्ट गरेको आवश्यकतालाई आत्मसात गरी नयाँ शक्ति पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्तिको रुपमा दृढतापूर्वक विकास र विस्तार गर्ने निर्णय गरियो ।
२. भर्खरै सम्पन्न प्रदेशसभा र प्रनितिनिधिसभा सदस्य निर्वाचनमा सक्रियतापूर्वक सहभागी भई मतदान गर्नुहुने आम मतदाताहरु, निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने निर्वाचन आयोग, सहयोग पुर्‍याउने सरकार तथा सम्बद्ध सबै पक्षहरुप्रति बैठकले धन्यवाद ज्ञापन गरेको छ । विभिन्न चरणमा सम्पन्न निर्वाचनमा स्थानीय तहमा ११०, प्रदेशसभामा ३ र प्रतिनिधिसभामा १ जना पार्टीका उम्मेदवारहरुलाई विजयी गराउनुभएकोमा मतदाताप्रति बैठकले विशेष आभारी हुँदै पार्टीलाई जनताको कसीमा भविष्यमा कसरी खरो उत्रन सक्छन् भन्ने परीक्षण गरिएको यो बैठकले महसुस गरेको छ र जनताको यो परीक्षणमा खरो रुपमा उत्रनुपर्छ भन्ने बैठकले दृढता व्यक्त गरेको छ ।
सम्पन्न निर्वाचनमा नयाँ शक्ति पार्टीले अपेक्षाकृत जनमत प्राप्त गर्न नसक्नुको मुख्य कारण पार्टीले तर्जुमा गरेको नीतिलाई जनमानसमा प्रभावकारी रुपले पुर्‍याई त्यसप्रति आकर्षित गराउन नसक्नु तथा देश र जनताका लागि सकारात्मक उपलब्धी प्राप्त गर्ने उद्देश्य खातिर विभिन्न शक्तिसँग ध्रुवीकरण, गठबन्धन र तालमेल आदिमा अनेक प्रकारले लाग्नु र त्यसबाट पछि उत्पन्न भ्रमलाई चिर्न नसक्नु हो भन्ने बैठकले ठहर गरेको छ ।
३. बैठकले नेपाली जनताको चाहना राजनीतिक स्थिरता, सुशासन, सामाजिक न्याय र समृद्धि हो भन्नेमा स्पष्ट रहँदै सम्पन्न निर्वाचनको जनादेश यही प्रयोजनको लागि हो भन्ने महसुस गरेको छ । निर्वाचनपछिका यी केही दिनभित्र राजनीतिक वृत्तमा देखिएका उठापटकले जनताको चाहना र जनादेशको पालना एवं सम्मान गर्न नसक्ने स्पष्ट संकेत देखाइसकेको बैठकले बोध गरेको छ र यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली एवं पूर्ण समानुपातिक संसद् नै सर्वोत्तम विकल्प हो भन्ने पार्टीको माग अरु सान्दर्भिक तथा औचित्यपूर्ण भएको बैठकले ठहर गर्दै यसलाई जोडदार रुपमा उठाउने निर्णय गरेको छ ।
४. संविधानसभाबाट जारी गरिएको संविधानमा मधेशी, थारु, आदिवासी जनजाति, दलित लगायत विविध समुदायको कतिपय असन्तुष्टी कायमै रहेको स्थितिमा तिनलाई सम्बोधन गर्ने गरी संविधानमा आवश्यक संशोधन गर्न यो बैठक राजनीतिक दलहरु र सरकारसँग जोडदार माग गर्दछ ।
५. मुलुकमा भइरहेका भ्रष्टाचार, अनियमितता, तस्करी, घुसखोरी र अख्तियार दुरुपयोग जस्ता जघन्य अपराधविरुद्ध नयाँ शक्ति पार्टी, नेपालको नेतृत्वमा आम जनसमुदायलाई एकतावद्ध गर्दै सम्झौताविहिन जबर्जस्त आन्दोलन सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ र यस आन्दोलनमा लामवद्ध हुन न्यायप्रेमी जनसमुदायलाई हार्दिक अपील गरिएको छ ।
६. बैठकले विनाशकारी भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि सरकार, पुन:निर्माण प्राधिकरण तथा अन्य सम्बन्धित निकायहरुको लापर्वाही र गैरजिम्मेवारीप्रति रोष व्यक्त गर्दै आजसम्म भूकम्पपीडित परिवारजन, ज्येष्ठ नागरिक, बालबालिकाहरुले असाध्यै कष्टपूर्ण जीवन बिताइरहेको अवस्थाप्रति संवेदनशील रहँदै यसको समाधानका लागि उच्च प्राथमिकताका साथ सरकार, पुन:निर्माण प्राधिकरण तथा स्थानीय तहसँग कार्यसम्पन्न गर्न जोडदार माग गरेको छ ।
७. बैठकले व्याप्त गरीबी र वेरोजगारी समस्यालाई समाधान गर्न तत्काल विशेष योजना बनाई कार्यान्वयन गर्न सरकारसँग जोडदार माग गरेको छ र आफ्नो तर्फबाट पनि पहल एवं प्रयत्न गर्ने अठोट गरेको छ ।
८. स्थानीय तहको निर्वाचन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि आवश्यक नीति नियम शीघ्र नबन्दा स्थानीय तहका विकास निर्माणका कार्यमा अपेक्षित गति सुस्त भएकोले त्यस्ता कानुनी व्यवधान तुरुन्त हटाई स्थानीय तहका विकास निर्माणका काम सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।
९. बैठकले आगामी फागुन १०, ११ र १२ गते पार्टीको संघीय परिषदको विस्तारित बैठक गर्ने निर्णय गरेको छ र त्यसको आयोजना गर्न केन्द्रीय सचिवालयलाई निर्देश गरेको छ । साथै यो अवधिमा सबै समितिहरुलाई पार्टी सदस्यता विवरण अद्यावधिक गर्न, कमिटीहरुलाई व्यवस्थित र सुदृढ गर्न तथा मतदाताहरुको घरदैलोमा पुगी धन्यवाद ज्ञापन गर्न निर्देशन दिएको छ ।
१०. पार्टीको तीन दिनसम्म चलेको बैठकलाई सफल बनाउन सहयोग पुर्‍याउने ल्वाङबासी दाजुभाइ दिदीबहिनीहरु, स्वयंसेवकहरु, पार्टीका साथीहरु, पत्रकार मित्रहरु, सुरक्षाकर्मीहरु र ल्वाङका सहृदयी होमस्टे सञ्चालकहरु सबैलाई बैठक धन्यवाद एवं आभार व्यक्त गरिएको छ ।

––––––––––––––––––––––
डा. बाबुराम भट्टराई
संयोजक
नयाँ शक्ति पार्टी, नेपाल

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसदबाट टाढिँदा रास्वपा सांसद पनि उदासीन, गणपुरक नपुग्दा विधेयक रोकियो

बुबाको निधनपछि भावुक मेसी : ‘तपाईंविना कसरी अगाडि बढ्ने थाहा छैन’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China’s Homegrown C919 Aircraft Completes First International Commercial Flight

China Accuses US and Allies of Politically Motivated Arms Control Criticism

Media Groups Sue Trump Over Paid Access to Social Media Posts

Former SPLC Intelligence Director Charged With Fraud

China’s New Energy Vehicle Sales Surpass 60% of Market Share in July

विदेशी मुद्राको विनिमयदर : डलर, युरो र कुवेती दिनार घट्दा अस्ट्रेलियन डलर बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu