ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाडो मौसममा अनुहारको सुन्दर बनाउने तरिका


sharan sharan
२० पुस २०७४, बिहिबार   ६ : ३३   बजे

beauty-salonजाडो मौसम सुरु भएको कारणले अनुहार तथा छालाको सुन्दरतामा ह्रास आउने गर्छ । त्यसमा पनि झन् सुख्खा छाला हुनेको लागि यो मौसम शत्रु मानिन्छ । तर नआत्तिनुहोस्, हामीस‘ग केही उपयोगी टिप्सहरु छन्, जसले तपाईको अनुहारमा सुन्दरता निखार्न मद्धत   गर्नेछ ।
जाडोयाममा छालाको रोमछिद्र बन्द हुने भएको ह‘ुदा छालामा मनतातो पानीको प्रयोग गर्नुपर्छ । जाडोयाममा बढी चिसो हावा चल्ने भएकोले शरीरमा भएको रगत र बोसोको मात्रा जम्ने हु‘दा खानेकुरा सधै मनतातो बनाएर खाने गर्नुपर्दछ । जसले गर्दा शरीरभित्र तातो भई बोसो र रगतको मात्रा पग्लिन जान्छ र छालालाई सुख्खा हुनबाट पनि बचाउ‘छ । राती सुत्नेबेलामा २–३ गिलास मनतातो पानी पिउने गर्नुपर्दछ । गर्मीमा भन्दा जाडोमा खानेकुरामा चिल्लो पदार्थ भएको खानेकुरा खानुहुँदैन । किनभने जाडो महिनामा शरीर कम तातो हुने हुँदा पसिना अथवा पिसाबमा चिल्लो नआउने हुँदा समस्या हुन्छ । प्रत्येक पल्ट नुहाउँदा कोल्ड क्रिम वा बडी लोसन लगाउनु पर्छ ।

जस्तोसुकै छाला हुनेहरुले पनि सुत्नेबेलामा कोल्ड प्लस मोस्चराइजिङ्ग क्रिम प्रयोग गर्नुपर्छ । जाडोयाममा सुख्खा छाला अझै सुख्खा हुने हु‘दा विशेषगरि सुख्खा छाला भएका व्यक्तिले पानी धेरै मात्रामा पिउनुपर्छ ।
ड्ड    सुख्खा छाला हुनेहरुले सुत्नेबेलामा ओलिभ ओइल मिसाएर  अनिवार्य रुपमा प्रयोग गर्नुपर्दछ । जाडोयाममा तैलिय छाला भन्दा सुख्खा छाला अझ सुख्खा हुने हु‘दा विशेषगरि २४ घण्टामा ४ पटक मोस्चराइजर प्रयोग गर्नुपर्दछ । अन्य छालाको लागि भने ३ पल्ट प्रयोग गर्दा पुग्छ । जाडोयाममा सुख्खा छालामा स्क्रब, साबुन तथा फेसवासको प्रयोग गर्नुहु‘दैन । तर एकदमै तैलिय छाला छ भने हप्तामा १ वा २ चोटी प्रयोग गर्दा राम्रो हुन्छ । जाडोयाममा छाला सुख्खा हुने हु‘दा उमेर पुगेका मानिसहरुले गर्मी महिनामा भन्दा यस्तो समयमा रिङकल कन्ट्रोल, नाइटक्रिम, डे–क्रिम, मोस्चराइजर लगाउ‘दा बढी मात्रामा लगाउ‘नु पर्दछ । जाडोयाममा सुर्य पृथ्वीको दक्षिणी धुव्रबाट घुम्ने कारणले सुर्यको किरणको असर गर्मी महिनामा भन्दा जाडो महिनामा झन बढी हुन्छ । यसैले घाममा बस्दा अनुहारमा सिधै घाम पर्ने गरि बस्नुहु‘दैन । गर्मिमा भन्दा जाडोयाममा फेसियल र क्लिन्जीङ समयमै गर्नुपर्दछ । जाडोयाममा विशेषगरी अनुहारलाई एकदमै ध्यान दिनुपर्ने हुन्छ । जाडोमा फेसियल गर्दा विशेषगरी एचए फेसियल गर्नु उपयुक्त हुन्छ ।

एचए फेसियल

एचए फेसियलमा अल्का हाइड्रोक्सी एसीड हुन्छ । यो फेसियल गर्दा छालामा लाइट इफेक्ट, मोस्चराइजिङ, पिलिङ जेलको मात्रा १.५ प्रतिशत हुने हु‘दा यसले छालामा भएको तेल र पानीको मात्रालाई मिलाएर राख्न मद्दत गर्छ । साथै डार्क सर्कल भएको छालालाई पनि तुरुन्त हटाउने काम गर्दछ ।

फेसियल गर्ने विधि

यो फेसियल गर्दा सबैभन्दा पहिला छालाअनुसार डिपक्लिन्जीङ गर्ने,त्यसको २० मिनेटपछि मसाज गर्ने, मसाज गर्दा यसमा सोयाबिन अथवा मिन्टजेल मिसाउने । सोयाबिन जेलले सुख्खा छालामा भिटामिन ‘ए’ र ‘इ’ प्रदान गर्छ । यो विशेषगरी सुख्खा छालाको लागि आवश्यक छ ,त्यस्तै मिन्टजेलले तैलिय छालामा पानीको सन्तुलन कायम गर्दछ । त्यसैले अनुहारको छालाअनुसार मसाज गर्ने समयमा क्यास्ट्रोल जेल मिलाउने । जेल पुछिसकेपछि छालाको समस्याको आधारमा एम्प्युल लगाएर ५ मिनेट राख्ने । यसमाथि एकदम पातलो भ्लायकोलिक पीलिङ जेल लगाउने । यो लगाउँदा हल्का पोल्छ, यो नै यसको असर हो । यसलाई १० मिनेट छाड्ने । त्यसपछि निकाल्नको लागि तातोपानीमा एक चिम्टी सोडा मिसाउने त्यसपछि चिसोपानी मिसाएर मसाज गर्ने र एचए मास्क लगाउने । यदि डार्क सर्कल छ भने मास्क ऑखामा पनि लगाउनुपर्छ र कटनमा गुलाफजल राखेर ऑखामा १० मिनेटसम्म राख्ने । त्यसपछि सफा पानीले धोएर एपल टोनर लगाउने । स्वास्थ्य खवर बाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu