ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केही दिनमै अध्यक्ष बन्दै प्रचण्ड


sharan sharan
२१ पुस २०७४, शुक्रबार   ११ : ५७   बजे

काठमाण्डौं, २१ पुस । पाटि एकता बारे विभिन्न हल्ला फैलिरहेको वेला एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया भित्रभित्रै निस्कर्ष नजिक पुगेको खुलासा भएको छ ।
एकता संयोजन समितिको बैठक बस्न नसके पनि दुई दलका शीर्ष नेताबीच अनौपचारिक छलफल नियमित रुपमा भइरहेको र एकता टुंगो नजिक पुगिसकेको एमालेका एक नेताले बताएका छन्। स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले सरकार र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नेतृत्व गर्ने समझदारी उच्च तहमा भइसकेको छ ।

सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जालमा दुई दलका दोश्रो र तेश्रो पुस्ताका नेताबीच पद भागबण्डाका विषयमा जुहारी चलिरहेका बेला शीर्ष नेताको तहमा भने कुरा मिलिसकेको उनले बताए । माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले दुई नेताबीच कसले कुन पद लिने भन्ने विवादका कारण एकतामा बिलम्ब नभएको दाबी गरे । ‘पदका कारण एकतामा ढिलाइ भएको होइन’, उनले संचारकर्मी भने, ‘कमरेड केपी ओलीले सरकारको र कमरेड प्रचण्डको पार्टीको नेतृत्व गर्ने सहमति भइसकेको छ ।’ यद्यपि औपचारिक रुपमा सहमति सार्वजनिक नहुँदा कतिपय नेता र कार्यकर्तामा भ्रम पर्न गएको हुनसक्ने उनले बताए । बस्नेतले दुई दलबीच ओली र प्रचण्डलाई समान नेताको हैसियत दिने सहमति यसअघि नै भइसकेकाले त्यसमा विवाद नभएको र बाहिर हल्ला भएका विषय अनर्गल भएको दाबी गरे ।

ओलीले नै प्रचण्डलाई पार्टी अध्यक्ष प्रस्ताव गर्ने दाबी पनि बस्नेतले गरे । ‘ओली कमरेडको अस्वस्थताले गर्दा छलफलमा ढिलाइ भएको हो’, उनले भने, ‘हेर्दै जानुस् उहाँ (ओली) ले नै प्रचण्डलाई पार्टी अध्यक्षको प्रस्ताव गर्नुहुन्छ ।’ एमाले नेता सुवास नेम्वाङले पनि अब दुई दलबीचको एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने दाबी गरे । बाहिर चर्चा भएजस्तो एकता प्रक्रियामा कुनै जटिलता नरहेको उनले बताए । ‘पदको विवाद गौण हो’, उनले भने, ‘चुनावअघि नै एकता गर्ने भनेर हामीले भनिसक्यौं, जनताले एकतालाई अनुमोदन गरिसकेकाले कसैले चाहेर पनि एकता भाँडिन सक्दैन ।’ यद्यपि एकता भाँड्न सक्रिय तत्वले विभिन्न हथ्कण्डा अपनाइरहेको उनले जनाए । निर्वाचनमार्फत जनताले सरकारको नेतृत्व गर्ने म्याण्डेट बाम गठबन्धनलाई दिएको भए पनि सत्ता छाड्न काँग्रेसले गरिहरेको आनाकानीलाई बाम गठबन्धन तोड्न सकिन्छ कि भन्ने अभिप्रायका रुपमा आफूहरुले बुझेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group