ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाललाई विकसित र सभ्य देश बनाउनुपर्छ : अध्यक्ष प्रचण्ड


sharan sharan
२१ पुस २०७४, शुक्रबार   २ : २९   बजे

चितवन, २१ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई आर्थिक क्रान्तिद्वारा संसारको सबैभन्दा विकसित र सभ्य देशका रुपमा चिनाउनुपर्ने बताएका छन्।

चितवन उद्योग संघको १८औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले नेपाललाई संसारले हेर्नै पर्ने देश बनाउनुपर्नेमा जोड बताएका हुन।

राजनीतिक परिवर्तनका लागि संघर्ष गर्नुपर्ने समय अब सकिएको भन्दै उनले अब देशलाई विकास निर्माणतर्फ लैजानुपर्ने बताउदै नेपालमा नयाँ संविधान निर्माण गरी स्थानीय तहदेखि प्रदेश हुँदै संघसमेतको निर्वाचन सम्पन्न भएकाले राजनीतिकरुपमा ऐतिहासिक परिवर्तन भयो अब मुलुक आर्थिक समृद्धितर्फ जानुपर्ने बताए ।

उनले भने “हामीले अब विकास निर्माणलाई गति दिन सकेनौँ भने राजनीतिक नेतृत्वको यो पार्टी, त्यो पार्टी, यो नेता त्यो नेताको मात्रै असफलता हुँदैन, सिँगै नेपाल असफल हुन्छ । त्यतिबेला नेपाल अहिलेसम्मकै सबैभन्दा अप्ठ्यारो स्थितिमा जानेछ ।”

अहिलेसम्म हामीले राजा र निरंकुशलतालाई दोष दिएको भन्दै उनले अब हामीले दोष लगाउने कुनै ठाउँ नभएको बताए । उनले भने , “हामी नयाँ संकल्प र प्रतिबद्धताका साथ विकास र समृद्धिलाई गति दिन सकिएन त्यसको सबैभन्दा ठूलो दोषी तपार्इं हामी सबै हुने स्थिति आउँछ ।” यो परिवर्तनलाई संस्थागत गर्दै दुई ठूला देशको बीचमा रहेर छिटोभन्दा छिटो उनीहरुको विकासबाट लाभ लिन सक्नुपर्ने बताए ।

त्रिदेशीय साझेदारीले हामी अघि बढ्ने प्रचुर सम्भावना रहेको भन्दै अध्यक्ष दाहालले भने, “हामी सबैले एकचोटी संकल्प गरेर अब पाँच वर्षभित्र कम्तीमा नेपाली जनतालाई एउटा नयाँ युग आएको हो भन्ने अनुभूति गराउनुपर्छ ।”

आउँदो दशक नेपालको समृद्धिको दशकका रुपमा हामीले संसारलाई चिनाउनु पर्ने बताए ।

चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसदसमेत रहेका दाहालले चितवन जिल्ला नेपालको आर्थिक विकासको राजधानी हुने बताए ।

आर्थिक विकाससँग जोडिएको हुनाले चितवनको भविष्य र चितवनले खेल्नुपर्ने भूमिका सिँगै नेपालको आर्थिक विकासको निम्ति अग्रणी भएको उहाँले बताउनुभयो । देशको मध्यभागमा रहेकाले चितवनलाई आर्थिक ‘हब’ बनाउन सकिने सम्भावना रहेको पनि अध्यक्ष दाहालको भनाइ थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेलले देशको आर्थिक विकासका लागि चितवनका उद्योगी व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । चितवनलाई देशको आर्थिक राजधानीको रुपमा विकास गर्न सकिने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य विजय सुवेदी, उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, औद्योगिक क्षेत्र व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष नन्दकिशोर बस्नेत, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, पोल्ट्री व्यवसायी गुणचन्द्र विष्ट, संघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीलगायतले बोल्नुभएको थियो ।

संघका अध्यक्ष भीमबहादुर पाण्डेको अध्यक्षतामा भएको उद्घाटन सत्रमा महिला उद्यमी शान्ता पोखरेल न्यौपानेलाई सम्मान गरिएको थियो । ९तस्वीर र श्रव्य सामग्री उपलब्ध छ०
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group