ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोटमा भाइरल, ९ जनाको मृत्यु


admin
२२ पुस २०७४, शनिबार   १० : ०६   बजे
जाजरकोट, २२ पुस । जाजरकोटमा एक हप्तादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ।
मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका ३ का ६७ वर्षीय करसिंह टमटा, २ का ५७ वर्षीय आइती तिरुवा, जुनीचाँदे गाँउपालिका २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ७५ बर्षका सतरुप शाहीको , ८ वर्षिय धनवहादुर विक , र ४ जना बालबालिका रहेका छन्। बालबालिकाहरुमा १ महिनाका २ जना, ७/८ दिनका २ जना र ४ वर्षको १ जना रहेका छन्। ज्वरो र रुघाखोकीले जुनीचाँदेका तीन सय बढी गाँउलेहरु बिरामी परेका स्वाथ्य चौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंहले बताए। उनले स्वाथ्यचौकीमा दैनिक ४०/५० जना भाइरलका बिरामी आउने गरेको बताए।
प्रभावित क्षेत्र जिल्ला सदरमुकाम खलंगाबाट दुई दिनको पैदल दुरीमा पर्छ। इन्चार्ज सिंहले भने ‘मौसम परिवर्तनसँगै चिसो बढेपछि गाँउमा बिरामीको संख्या बढ्दै गएको छ। तर बिरामी स्वास्थ्य संस्था आउँदैनन् झारफुक तिरै लाग्छन्।’ जुनीचाँदे गाउँपालिका १ को जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाँउ, वडा नं २ को मजकोट, आलीमौगाना र वडा नं ३ का डाडाकोट र परालेमा भाइरल ज्वरो र रुघाखोकी प्रकोपको रुपमा देखापरेको उनले बताए। सबैभन्दा बढी वडा नं २ मजकोटमा बिरामी देखापरेका छन्। एउटै घरमा ३/४ जनासम्म बिरामी परेको जुनीचाँदे गाँउपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए। उनले भने ‘बिरामीहरु समयमा स्वास्थ्य संस्था नजाँदा समस्या भएको छ।
भौगोलिक विकटताका कारण स्वास्थ्य संस्था टाढा रहेको र स्वास्थ्य संस्थामा भरपर्दो उपचार नहुँदा स्थानीय स्वास्थ्य संस्था भन्दा पहिले धामीझाँकी सँग झारफुकमा जाने गर्छन्।’ मजकोटका प्रायः घरका मानिस बिरामीले थलिएका छन्। बिरामी हुनेमा बढीजसो बालबालिका, बृद्धबृद्धा र महिला रहेका छन्। बिरामीहरुमा घाँटी दुख्ने, सुख्खा खोकी, टाउको दुख्ने, हातखुट्टा दुख्ने,चिटचिट पसिना आउने, ज्वरो आउने लगायतका समस्या देखिने गरेको छ। भाइरलको प्रकोप फैलिएको सूचना पाएपछि जिल्ला स्वास्थ्यले रोग पहिचानको लागि महामारी स्रोत व्यक्ति ल्याब टेक्निसियन कृष्ण खत्रीको नेतृत्वमा प्रभावित क्षेत्रमा पठाएको जनाएको छ।
‘रोगको पहिचान गर्न टेक्निसियन पठाएका छौं’ जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले भने ‘एच १ एन १ हो कि भनेर टेष्ट किट पठाएका छौं। यदि एच १ एन १ भए रोग फैलिने खतरा धेरै हुने भएकोले पहिचानका लागि समयमै तदारुकता देखाएका हौं।’ त्यस्तै प्रभावित क्षेत्रमा थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट डा. पवन शाक्यको नेतृत्वमा थप टोली पठाएको कार्यालय प्रमुख नेपालीले बताए। डाक्टरको टोली शनिबार मात्र प्रभावित क्षेत्रमा पुग्नेछ। भाइरल देखिएको प्रभावित क्षेत्रमा शिविर चलाएर उपचार थाल्न डा. शाक्यलाई निर्देशन दिइएको उनले बताए।
त्यस्तै औषधी अभाव हुन नदिन शुक्रबार मात्र एक ट्याक्टर औषधी समेत पठाइएको उनले जानकारी दिए। उनले रुघाखोकीले मृत्यु भएका भनिएका के कारणले भएको हो त्यसको पनि सत्य तथ्य छानबिन गरिने बताए। भाइरलको रुपमा देखापरेको रुघाखोकीलाई प्रकोपकै रुपमा फैलन नदिन कार्यालयले उच्च सर्तकता अपनाएको जिल्ला स्वास्थ्य प्रमुख नेपालीले बताए। ‘क्षेत्र र केन्द्रलाई पनि खवर गरिसकेको छौं। थप औषधी पनि मागेको छौं।
रोग छिटै नियन्त्रणमा लिन्छौं’ उनले भने। विद्यालय बन्द चिसो बढेसँगै देखापरेको भाइरलले विद्यार्थी समेत थलिएपछि केही दिनका लागि प्रभावित क्षेत्रको एक विद्यालय बन्द गरिएको छ भने अन्य विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुन थालेको छ। ज्वरो र रुघाखोकीले धेरै जसो विद्यार्थी बिरामी परेपछि जुनीचाँदे २ मजकोटस्थित भगवती आधारभूत विद्यालय केही दिनका लागि बन्द गरिएको प्रधानाध्यापक मुक्तिप्रसाद शर्माले बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group