ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेमा उच्च अङ्कको वृद्धि, २० कम्पनीको शेयर मूल्यमा सर्किट


एबीसी / संवाददाता
११ पुस २०७८, आइतबार   ३ : ५०   बजे

काठमाडौं ।  धितोपत्र बजारमा शेयरका कारोबार मापक नेप्से परिसूचक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्सेमा उच्च अङ्कको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७१.२० अङ्कले बढेर दुई हजार ५९१.४२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३८ अङ्कले बढेर ४८२.७४ मा पुगेको छ । कूल २३१ कम्पनीको ८६ लाख एक हजार ९५६ कित्ता शेयर रु पाँच अर्ब १७ करोड ३२ लाख ५०३ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ । यस्तै, ११ उपसमूहको शेयर भने उकालो लागेको छ । जलविद्युत् ३.४६ र वित्त २४.२ अङ्कले ओरालो लागेको छ ।

यस्तै, बैंकिङ २०.४५, व्यापार २१.३३, होटल तथा पर्यटन ४८.४७, विकास बैंक ५१.५८, निर्जीवन बीमा ९०७.१, उत्पादन ३५५.३४, अन्य ५०.४३, १७२.६६, जीवन बीमा १, सामूहिक लगानी कोष ०.११ र लगानी २.३८ अङ्कले उकालो लागेको छ । कारोबारका आधारमा आज नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३२ करोड सात लाख ४९ हजार ७३६ बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु २६ करोड ६६ लाख ५२ हजार ६८५, नेपाल लाइफ इन्स्योरेन्स रु १९ करोड सात लाख ५१ हजार, शिवम् सिमेन्ट रु १५ करोड ५२ लाख सात हजार ३३९ र नेपाल दूरसञ्चार कम्पनी रु १३ करोड ३३ लाख २९ हजार ५३३ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए । २० कम्पनीको शेयरमा सर्किट लामो समयपछि विभिन्न २० कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

नेप्सेकाअनुसार नेशनल लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सलगायत विभिन्न २० कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्म्क सर्किट लागेको छ । त्यस्तै, गुर्खाज फाइनान्स ५.५७, सनराइज फस्ट म्युचुअल फण्ड ३.११, माउण्टेन इनर्जी ३.११, ग्रीन हाइड्रोपावर २.९६ र विशाल बजार कम्पनीका लगानीकर्ताले २.९५ प्रतिशतले गुमाए । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३६ खर्ब ५५ अर्ब ३१ करोड ८४ लाख १५५ बराबर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu