ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइएसलाई सहयोग गर्ने अमेरिकी सैनिक पक्राउ


admin
२७ असार २०७४, मंगलबार   ४ : ५२   बजे

लस एन्जेलस, २७ असार । एकजना अमेरिकी सैनिकले आतङ्ककारी संगठन,आइएसलाई सहयोग गरेको पाइएपछि उनलाई सोमबार पक्राउ गरिएको छ ।

अमेरिकी सुरक्षा अनुसन्धान निकाय, एफबिआइले सो जानकारी दिएको छ । उक्त निकायले दिएको जानकारी अनुसार अमेरिकी सेनामा कार्यरत ३४ वर्षीय अधिकारी इकाइका एरिक काङले आइएसलाई सहयोग गरेको पाइएको एफबिआइले जनाएको छ ।

उनी हवाइमा पक्राउ परेका हुन् । उनले आइएसलाई आवश्यक सैनिक सामग्री सहयोग गर्नुका साथै तालिम समेत दिने गरेको प्रमाण भेटिएको सेनाले अमेरिकी सेनाले जनाएको छ ।

हवाइको राजधानी सहर होनोलुलुमा रहेको उनको निवासबाट उनलाई शनिबार साँझ एफबिआइका अधिकारीहरुले पक्राउ गरेका बताइएको छ ।

उनले हवाइमा रहेको सेनाको उड्डयनसम्बन्धी सेवामा ट्राफिक नियन्त्रणको कार्यमा सेवा गर्र्दै आएका थिए । सोही कार्यमा खटिएको समयमा उनले आइएसलाई सहयोग गरेको पाइएको थियो ।

उनलाई सन् २०१० मा इराकमा र सन् २०१४ मा दुई वर्षसम्म अफगानिस्तानमा खटाइएको थियो । ती देशमा उनले सेवा गरेर अमेरिका फर्केका थिए ।

उनीमाथि केही महिनायतादेखि निगरानी राखिएको र उनले आइएसलाई सहयोग गर्ने गरेको पाइएपछि नियन्त्रणमा लिइएको जानकारी एफबिआइका अधिकारीले दिएका छन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय शिवान

नेपाल–साउदी सम्बन्ध थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण र संवादमा जोड

सम्बन्धित

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो

ट्रम्पको ‘होर्मुज नियन्त्रण’ दाबी, तर जहाजको आवतजावतले देखाउँछ इरानको प्रभाव कायमै

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सुनखानीमा पहिरो, १०७ जनाको मृत्यु

भारतमा सरकारी विद्यालय सुधारका लागि सीजेपीको ‘फिक्स द स्कुल्स’ अभियान

किभमा रुसी मिसाइल आक्रमण, पाँच जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu