ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश राजधानीको मुद्दाले देउवालाई सकस , आज बस्ने मन्त्रिपरिषदको बैठक अलमलमा


एबीसी न्यूज
२४ पुस २०७४, सोमबार   ९ : ४७   बजे

काठमाडौं, २४ पुस । राष्ट्रियसभाको चुनावपछि मात्रै सरकार छाड्ने अडानमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा यति वेला प्रदेश राजधानीको मुद्धाले अप्ठ्यारोमा परेका छन् । राष्ट्रियसभा चुनावअघि प्रदेशको राजधानी र प्रदेश प्रमुख तोक्नुपर्ने संवैधानिक व्यवस्थालाई सम्बोधन गर्न नसक्दा उनि अप्ठ्यारोमा परेका छन्।

फायल फोटो

प्रदेशको राजधानी नतोकी प्रदेश प्रमुख मात्रै तोक्ने तयारी गरेपछि एमाले लगायत दलले बिरोध गरेका र यसो गर्नु संघीयताको मर्म विपरीत हुने आवाज बढेपछि देउवा लाई थप सकस परेको छ । यही अलमलले आज सोमबार बस्ने भनिएको मन्त्रिपरिषद बैठकको टुंगो लाग्न सकेको छैन ।

संविधान अनुसार प्रदेशको स्थायी राजधानी टुंग्याउने काम प्रदेशसभाको हो । सरकारले अस्थायी राजधानी टुंगो लगाउन सक्ने संविधानमा उल्लेख गरेको छ । अस्थायी राजधानी र प्रदेश प्रमुख टुंगो लागेपछि प्रदेशसभाका सांसदले सम्बन्धित प्रदेश कार्यालयबाट शपथ ब्यवस्था रहेको छ । त्यसपछि मात्रै राष्ट्रियसभा चुनावमा उनीहरुले मत दिन पाउँछन् । राष्ट्रियसभाको चुनाव माघ २४ गतेका लागि तय भैसकेको छ । माघ २४ गते राष्ट्रियसभा चुनाव हुने भएपछि एक दुई दिनभित्रै प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखको टुंगो लगाइसक्नुपर्ने बाध्यता छ ।

राष्ट्रियसभा चुनावको मिति घोषणा अघि नै सरकारले प्रदेशको अस्थायी राजधानी टुंग्याउने गृहकार्य गरेको थियो । यसअनुसार सातवटै प्रदेशको अस्थायी राजधानी रहने ठाउँबारे अध्ययन पनि भैसकेको थियोे । मन्त्रिपरिषद बैठकमा छलफल हुनुअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र शहरी विकास मन्त्रालयले अस्थायी राजधानी रहने ठाउँबारेको प्रस्ताव सार्वजनिक गरेपछि ठाउँठाउँमा आन्दोलन चर्किन थालेपछि प्रदेश राजधानी तोक्न बाट सरकार पछाडी हटेको हो ।
आफ्नो ठाउँमै राजधानी हुनुपर्छ भन्ने स्थानीय बासिन्दाको मागमा दलका शक्तिशाली नेता, प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित जनप्रतिनिधि र अरु सरोकारवालाले पनि आआफ्नो अनुकूल अनुसार ‘लबिङ’ तीव्र पारेपछि सरकार झनै अप्ठ्यारोमा पर्‍यो ।

त्यसैले अस्थायी राजधानी तोक्नैपर्ने बाध्यता संविधानले नदिएको भन्दै सरकारले अहिलेलाई प्रदेश प्रमुख मात्रै नियुक्त गर्ने र प्रदेशको अस्थायी राजधानी काठमाडौंमै रहनेगरी अर्को तयारी थाल्यो । यसअनुसार प्रदेशसभाको पहिलो बैठक काठमाडौंमै बस्ने र त्यही बैठकले प्रदेशको राजधानी तोक्नेगरी सरकारले गृहकार्य अगाडि बढाएको छ।
प्रदेशको राजधानी तोक्दा पनि बिरोध हुने, नतोक्दा पनि बिरोध हुने भएपछि अर्को विकल्पबारे सरकारले छलफल अगाडि बढाएको छ । हाललाई उच्च अदालत रहेकै ठाउँमा प्रदेशसभा सदस्यको शपथ गराउने गृहकार्यमा सरकार लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group