ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिमकोट हवाई मैदानको हिउँ पञ्छ्याइँदै


एबीसी / संवाददाता
२३ माघ २०७८, आइतबार   ४ : २७   बजे

हुम्ला, २३ माघ । हुम्ला जिल्लामा तीन दिनसम्मको हिमपातबाट सिमकोट हवाई मैदानमा जमेको हिउँ पञ्छ्याइँदै कार्य जारी रहेको छ । सिमकोट हवाई उड्डयन कार्यालयको ट्र्याक्टरले आजदेखि हवाई मैदानको हिउँ फाल्ने कार्य गरिरहेको उक्त कार्यालयले जानकारी गराएको छ । यस वर्ष यहाँ तीन फिट हिउँ जमेको छ । यो हिमपात यस वर्षको सबैभन्दा धेरै हो । उक्त हवाई मैदानमा हिउँ जमेकाले सबैभन्दा पहिला सिमकोटका सरकारी कार्यालय तथा गैरसरकारी संस्थाका कर्मचारीले हिउँ फाल्ने कार्य गरेका थिए ।

त्यसपछि बाँकी रहेको हिउँ आज कार्यालयको ट्र्याक्टरले फाल्न थालेको छ । सदरमुकाम सिमकोटमा जताततै हिउँले सेताम्मै भएको हुनाले सिमकोट तथा बाहिरी जिल्लाको आवतजावत ठप्प भएको छ । त्यस्तै उत्तरी भेगको नाम्खा गाउँपालिकामा भने एक गाउँदेखि अर्को गाउँ जानसमेत कठिनाइ भएको स्थानीयवासी तेञ्जिङ लामाले फोनबाट जानकारी गराउँदै उक्त ठाउँमा छ फिट हिउँ जमेको बताउनुभयो । हुम्ला जिल्लाको यातायात र हवाई सेवा पनि तीन दिन लगातार हिउँ परेपछि बन्द छ । हुम्ला जिल्लाको उत्तरी भेगमा रहेको हिल्सा नाकामा भारी हिमपात भएपछि सिमानामा खटिएका सशस्त्र प्रहरी बलको टोलीलाई खानेपानीको समस्या भएको छ । उनीहरुले कर्णाली नदीबाट पानी आपूर्ति गरेका सशस्त्र प्रहरी बलका निरीक्षक पूर्णबहादुर चन्दले फोनबाट जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

सम्बन्धित

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

बालेनले ‘पूर्वराजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ भनेको स्थलमा उभिन पाउँदा खुशी लागेको’ भनेर के सन्देश दिंदैछन् ?

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

क्षेत्र फेर्ने ‘डबल स्ट्यान्डर्ड’? गगनको मधेश ‘जोखिम’, प्रचण्डको पुरानो ट्रेन्ड र बालेनको ‘निःशुल्क चर्चा’ दाउ !

प्रचण्ड नेतृत्वको नेकपाले सुदूरपश्चिम र कर्णालीसम्म उम्मेदवार टुंग्यायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group