ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्याग्दी खोला जलविद्युत्को सुरुङ खन्न सुरु


एबीसी / संवाददाता
२४ माघ २०७८, सोमबार   ३ : १०   बजे

गलेश्वर, २४ माघ । पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम आइतबारदेखि सुरु भएको छ । दरबाङको कमेरेमा अडिट नम्बर १ को सुरुङ खन्न सुरु गरिएको हो । नेपाली सेनाको निगरानी तथा व्यवस्थापनमा विस्फोटक पर्दाथको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरुङ खन्न थालिएको निर्माण कम्पनी धौलागिरि हाइड्रो लिमिटिडले जनाएको छ ।

प्रवासी म्याग्देलीको मुख्य लगानी रहेको सो आयोजनाका साइट इन्जिनियर बालकुमार रोकाका अनुसार २५० मिटर अडिट खनेपछि मुख्य सुरुङमा जोडिने र बाँध र पावर हाउस दुवैतर्फ सुरुङ निर्माण सुरु हुने छ । “अब इल्पुमा रहेको बाँध र तल्लो दुखुको आउटलेटबाट पनि सुरुङ खन्ने तयारी भइरहेको छ”, इन्जिनियर रोकाले भन्नुभयो । आइतबारदेखि सुरु भएको सुरुङ निर्माणको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले सुरुआत गर्नुभएको थियो । जलविद्युत् आयोजनाका अध्यक्ष विनोद कुँवरले टनेल निर्माणको कामलाई तीव्र गतिमा अगाडि बढाइने बताउनुभयो । “टनेलमा उत्साहजनक प्रगतिसहित समयमै आयोजनाको काम सम्पन्न गर्नेछौँ, प्रभावित क्षेत्रका बासिन्दालाई लगानीका लागिसमेत अवसर छ”, अध्यक्ष कुँवरले भन्नुभयो । उहाँले अर्को महिनाबाट सुरुङ खन्ने काम राति र दिउँसो गरी दुई सिफ्टमा हुनेसमेत बताउनुभयो । म्याग्दी खोलाबाट विद्युत् निकाल्न प्रवासी म्याग्देली र स्थानीयवासीको लगानीमा धौलागिरि कालिका हाइड्रो लिमिटेडले आयोजना निर्माण गर्न लागेको हो ।

मालिका–७ बिम र वडा नं ५ देविस्थान तथा धौलागिरि गाउँपालिका–७ को सीमा क्षेत्रमा रहेको फेदीमा बाँध रहने आयोजनाको साढे पाँच किलोमिटर सुरुङ मार्ग रहनेछ । सुरुङमार्ग हुँदै ल्याइने पानीलाई सय मिटर हेडबाट रातोढुङ्गामा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ । तीस प्रतिशत संस्थापक र साधारण शेयर तथा ७० प्रतिशत वित्तीय संस्थाको लगानीमा आयोजना निर्माण भइरहेको छ । आयोजना निर्माणमा रु. पाँच अर्ब १५ करोड लागत अनुमान गरिएको आयोजनाका प्रबन्ध निर्देशक इन्जिनियर हर्कमान घर्ती मगरले जानकारी दिनुभयो । आयोजनाबाट उत्पादन हुने विद्युत् बिमको सबस्टसनमार्फत केन्द्रीय प्रसारणमा जोडिनेछ । हिउँदको चार महिना प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायामको आठ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसामा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री हुने सम्झौता भएको छ । आयोजनाको साइट कार्यालय, आवासगृहसहितका भौतिक संरचनासमेत तयार भइसकेको छ भने पहिलो र दोस्रो कोराना भाइरसकाका कारण निर्माणमा समस्या भए पनि अहिले जनशक्तिको व्यवस्थापन भएकाले तीव्र गतिमा अगाडि बढेको छ ।
महतला भिरको पहरो फोडेर ट्र्याक खोलेपछि पश्चिम म्याग्दीको अत्यन्त दुर्गम मानिएको गुर्जा र लुलाङ गाउँका बासिन्दाको आफ्नै घर गाउँबाट मोटर चढ्ने रहर अब भने पूरा हुने भएको छ ।

जिल्लाको धवलागिरि गाउँपालिका–१ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडकअन्तर्गत महतला भिरमा दुई वर्षको प्रयासपछि ट्र्याक खुल्दा त्यस क्षेत्रका बासिन्दामा खुसियाली छाएको छ । गुर्जा र लुलाङको विकासका लागि बाधक मानिएको महतला भिरमा ट्र्याक खोल्नका लागि गत आर्थिक वर्षमा सडक डिभिजन कार्यालयबाट रु दुई करोड, धौलागिरि गाउँपालिकाबाट रु. २५ लाख र मालिका गाउँपालिका वडा नं २ लुलाङबाट रु १५ लाख विनियोजन भएको थियो । पूर्वाधार विकास कार्यालय म्याग्दीले दरबाङ–बिम–भारबाङ–ताकम–मुना–लुलाङ–गुर्जा सडक आयोजनाअन्तर्गत महतला भिरमा सडक निर्माणका लागि २०७६ साल पुसको पहिलो हप्ता ठेक्का लागेको थियो । रु. एक करोड ४९ लाख लागत अनुमान गरिएको सो योजनामा काठमाडौँको बिएन कन्सट्रक्सनले रु. ७८ लाख ९९ हजार ३१० मा ठेक्का लिएको थियो । वि. सं २०७७ असार मसान्तसम्म म्याद भएको त्यस आयोजनामा खोरिया, लमसुङ र लुलाङका बासिन्दाको विवादका कारण सम्झौता भएको १५ महिनापछि २०७७ साल चैतमा काम सुरु गरिएको थियो । पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले महतला भिरमा दुई प्याकेजमा भएको ठेक्कामार्फत सडकको मार्ग खोलिएको बताउनुभयो ।

राष्ट्रिय वनको क्षेत्रभित्र पर्ने महतला भिरमा वन कार्यालयको अनुमतिविना सडक निर्माण गर्न लागेपछि मुद्दा परेको थियो । त्यसको छिनोफानो नहोउन्जेलसम्म लुलाङको खोरिया गाउँबाट सडकको ट्र्याक खोल्न नसकिएको धवलागिरि–२ लुलाङका वडासदस्य मतिप्रसाद पाइजाले बताउनुभयो । मुना–ढोरपाटन सडकखण्ड लुलाङको लमसुङदेखि खोरिया गाउँसम्म पुगेको छ । महतला भिरको पहरो फुटाएर ट्र्याक खुलेपछि चालू आर्थिक वर्षमा नै खोरिया गाउँसम्म मोटर पुग्नसक्ने भएको छ । सडकको ट्र्याक खुलेर यातायातका साधन सञ्चालन भएपछि म्याग्दी, बागलुङ, रुकुम, रोल्पालगायतका जिल्लाका हजारौँ सर्वसाधारणलाई सजिलो हुने वडा सदस्य मतिप्रसाद पाइजा बताउनुहुन्छ । बागलुङको बुर्तिवाङ हुँदै ढोरपाटन जोड्ने सडकभन्दा यो सडक निकै छोटो र सहज भएको उहाँले बताउनुभयो । त्यसैगरी जिल्लाकै अति दुर्गम गाउँ मानिने गुर्जा जोड्ने सडक पनि यही भएकाले धौलागिरिको पहिलो प्राथमिकतामा यो सडक रहेको धौलागिरि–३ का वडाअध्यक्ष पुर्म पुनले बताउनुभयो । महतला भिरमा सडक ट्र्याक खुलेसँगै अब लुलाङमा सडक पुगेर गाडी चल्न पाइने लुलाङका ७४ वर्षीय खबहादुर बुढाले बताउनुभयो । अक्करे पहाडमा करिब १०० मिटर दूरीमा चट्टान काटेर मार्ग खोलिए पनि ग्रेड मिलाउन र फराकिलो बनाएर यातायातका साधन चल्न योग्य बनाउन अझै केही समय लाग्ने पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख अर्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

लुम्बिनीले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट, यस्ता छन् प्राथमिकता (पूर्णपाठ)

रोल्पामा वर्षमान पुन विजयी

रूपन्देही–२ मा रास्वपाका सुलभ खरेलको अग्रता, विष्णु पौडेल चार गुणाभन्दा बढी मतान्तरले पछि

रुकुमपूर्वमा मतगणना सुरु : प्रचण्डसहित ११ उम्मेदवार प्रतिस्पर्धामा

रुकुम पूर्वमा उत्साहजनक मतदान: सवा ९ बजेसम्म २१ प्रतिशत मत खस्यो, महिलाको सहभागिता पनि उल्लेख्य

प्रचण्डको रोल्पा भाषण : प्रत्यक्ष कार्यकारीको माग अझै जीवित, निर्वाचनपछि संविधान परिमार्जन गर्ने प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group