ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार लाख मूल्य बराबरका खाद्य वस्तु नष्ट


एबीसी / संवाददाता
२४ माघ २०७८, सोमबार   ४ : २२   बजे

कर्णाली, २४ माघ । सुुर्खेतस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले करिब रु चार लाख मूल्य बराबरको गुणस्तरहीन विभिन्न खाद्य वस्तु जफत गरी नष्ट गरेको जनाएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले त्यस अवधिमा खाद्य उद्योग, होटेल, पसल, दाना उद्योगलगायतमा ३६८ पटक अनुगमन गरेको जनाएको हो ।

कार्यालयका प्रमुख भेषबहादुर थापाले नियमित बजार अनुगमन तथा खाद्यवस्तुको गुणस्तरबारे सचेतना र गुणस्तर मापनको काम भइरहेको बताउनुभयो । कोरोना महामारीका बेला हुनसक्ने कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन बढाइएको उहाँको भनाइ थियो । “गुणस्तर मापनका लागि पछिल्लो समय दैनिक उपभोग्य वस्तुका नमूना परीक्षणसमेत बढाइएको छ,” प्रमख थापाले भन्नुभयो, “दैनिक उपभोग्य वस्तुमा कैफियत भेटिन थालेपछि अनुगमन गरी कारबाहीका लागि सिफारिस गर्ने गरेका छौँ, १२ वटा मुद्दा अदालतमा पुगेकामा केहीको फैसलासमेत भइसकेका र केही प्रक्रियामै छन् ।” कार्यालयले चालु आर्थिक वर्षको हालसम्म खाद्य उद्योगहरूमा १३ पटक अनुगमन, अन्य ४५ उद्योगमा निरीक्षण र खाद्य पसल, सुुपरमार्केट, रेस्टुुरेन्ट तथा मिठाई पसलमा गरी २६८ पटक अनुगमन, दाना उद्योगमा दुुईपटक अनुुगमन गरिएको जनाएको छ ।

त्यस्तै होटेल व्यवसायीलाई होटेल स्तरीकरणसम्बन्धी सचेतना अभिमुखीकरण दिनाका साथै होटेल, रेस्टुरेन्टहरूलाई स्तरीकरण गरी लोगो वितरण गरिएको थियो । होटेलहरूलाई अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्यमा वर्गीकरण गरिएको छ । कार्यालय प्रमुख थापाका अनुसार सुर्खेतमा १३ वटा होटेलमात्र वर्गीकरणमा परेका छन् । कार्यालयले भुसाल इन्टरप्राइजेज छिन्चुमा लेबल नभएको ५० बोरा चामल बिक्रीमा रोक, खाद्य व्यापार कम्पनीको एक हजार ९७५ क्विन्टल चामल रोक्का, आरपी जनरल स्टोर्स ५४ पेटी भेनिगर तथा १५० पेटी सोया ससमा रोक्का गरिएको र पटक–पटकको निर्देशन पालना नगर्ने दुई उद्योगको कारोबार रोक्का गरिएको जनाएको छ । उक्त कार्यालयले कर्णाली र सुर्खेतका साथै दैलेख, जाजरकोट, रूकुुम पश्चिम, डोल्पा र हुुम्लामा खाद्य गुणस्तरसम्बन्धी अनुुगमन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

बालेनले ‘पूर्वराजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ भनेको स्थलमा उभिन पाउँदा खुशी लागेको’ भनेर के सन्देश दिंदैछन् ?

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

क्षेत्र फेर्ने ‘डबल स्ट्यान्डर्ड’? गगनको मधेश ‘जोखिम’, प्रचण्डको पुरानो ट्रेन्ड र बालेनको ‘निःशुल्क चर्चा’ दाउ !

प्रचण्ड नेतृत्वको नेकपाले सुदूरपश्चिम र कर्णालीसम्म उम्मेदवार टुंग्यायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group