काठमाडौं, ११ फागुन । नायक पल शाहविरुद्ध नाबालिग गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी छन् । बुधवार समीक्षाले जबर्जस्ती करणी मुद्दामा उजुरी दिएकी हुन् । उनी उजुरीका लागि दिदी र भिनाजुको साथमा पुगेकी थिइन् ।
यसअघि पनि समीक्षाले पलविरुद्ध उजुरी दिने तयारी गरेपनि साे सूचना पाएपछि शाह समीक्षालाई फकाउन पोखरा पुगेका थिए । त्यहाँ उनीहरुबीच सहमति भएको खबर बाहिर आएको थियो । तर, सोमवार अडियो रेकर्ड बाहिर आएपछि समीक्षाले तनहुँको दमौली पुगेर उजुरी दिएकी हुन् । समीक्षाले उजुरीमा कानून बमोजिम पल शाहलाई कडा सजायको माग गरेकी छन् । पलसँगको अडियो रेकर्डमा समीक्षाले विवाहको अड्डी कसेकी थिइन् भने महिला अधिकारकर्मी जस्मिन ओझासँगको बयान (अडियो रेकर्ड) मा उनले पल शाहविरूद्ध आफू माथि जबर्जस्ती करणीको प्रयास गरेको, मायाको नाटक गरेर धोका दिएको, परिवारको अगाडि विवाहको वाचा गरेर पञ्छिन खोजेको समेत बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस्