ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंको फुटपाथ व्यापारीको कब्जामा, यात्रुलाई सास्ती (फोटोफिचर)


एबीसी / संवाददाता
२१ जेष्ठ २०७९, शनिबार   ६ : ०४   बजे

काठमाडौं, २१ जेठ । राजधानीमा जब साँझ ढल्कँदै जान्छ, यात्रुको भीडको रफ्तार निरन्तर बढ्छ । नगर प्रहरीको ड्युटी त्यति नै बेला सकिन्छ । अनि फुटपाथमा व्यापारीको भव्य चहलपहल शुरु हुन्छ । साँझको बढ्दो सवारी चाप,यात्रुको भीड अनि फुटपाथ पसल । राजधानीका मुख्य बजार हिँड्नै नसक्ने हुन्छन् ।

वास्तवमा भन्दा यतिबेला फुटपाथमा जाम हुन्छ । नगरप्रहरीले सडकमा व्यापार गर्दा खेदाउन थालेपछि धेरै व्यापारी बोकेरै व्यापार गर्दछन् । सडकमा झोला बोकेर, सिक्रि,लकेट र पालिसलगायत श्रृंगारको सामान बोकेर बेच्नेको पनि उस्तै लस्कर हुन्छ । फुटपाथ बजारका कारण सार्वजनिक यातायात्र पार्क गर्न र रोक्न समेत कठीन हुने गरेको चालकहरु बताउँछन् । दैनिक दुई तीन घण्टा मात्रै फुटपाथ खुला हुँदा आम्दानी घटेको भन्दै धेरै पलायन भएका कथा पनि छन् । सटरमा व्यापार गर्नेहरुले पुराना र स्कट समान, बासी तरकारी बेच्न फुछपाथ ओर्लिंदा सडकमा सवारीसाधनको चाप बढ्दै गएको हो भन्न कन्जुस्याँई गर्नुहुँदैन । प्रायः साँझको बेला फुटपाथ अव्यवस्थित हुन्छ नै । सडकमा मोटरसाइकल पार्किङ पनि उस्तै हुन्छ । त्यही पार्किङ गरिएको मोटरसाइकलमाथि सामान राखेर व्यापार गरिरहेको दृश्य देख्न साँझको बेला चोक पुगे हुन्छ ।

काठमाडौंको कलंकी, असन, इन्द्रचोक, लगनखेल,कोटेश्वर भक्तपुरका गल्लीमा असंख्य व्यापारी सडक व्यापारमा आश्रित छन् । नगरपालिकाले दैनिक गुजारा धान्न मुस्किल पर्ने शहरीया गरिबहरुको मर्काको कारण सडक व्यापारमा पूर्ण प्रतिवन्ध लगाउन पनि सकेको छैन । तर दिनभर भने सडक व्यापार प्रतिबन्धित छ । हरेक दिन साँझ ५ बजेपछि भने फुटपाथ बजार खुल्ला हुन्छ । साँझको चिसो मौसमलाई साथमा लिएर फुटपाथ व्यवसायीहरु आफ्नो जीविका चलाउँछन् । र त्यही व्यपारबाट आफ्नो छोराछोरी र परिवारको सुन्दर भविष्य कोर्न लागिपर्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group