ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीसहित ६ मन्त्री एनआरएनएको कार्यक्रममा सहभागी हुँदै


एबीसी / संवाददाता
१ असार २०७९, बुधबार   ७ : ४६   बजे

काठमाडौं, १  असार ।गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा बिहीबार काठमाडौंमा हुने एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य ६ मन्त्री सहभागी हुने भएका छन्। एनआरएनएले ‘गैर आवासीय नेपाली नागरिकता, मताधिकार, वैदेशिक लगानी र वैदेशिक रोजगार’ लगायतका विषयमा छलफल गर्न आयोजित सो ६ घण्टे कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्का, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला लगायतका मन्त्रीले सम्बोधन गर्ने कार्यक्रमत य भएको छ।मुख्यसचिव शंकरदास बैरागीसहित प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समेत कार्यक्रममा सहभागीता जनाउने छन्।

उद्योग, अर्थ, परराष्ट्र मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको टोली समेत कार्यक्रममा उपस्थित हुने छ भने प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने गैरआवासीय नेपाली संघले जनाएको छ।नेपाल सरकारलगायत विभिन्न सरोकारवालको समेत उपस्थितिमा गैरआवासीय नेपालीका माग सम्बोधन गराउने उद्देश्यले आयोजना हुने सो कार्यक्रममा संविधानसभाका पूर्वअध्यक्ष सुभासचन्द्र नेम्वाङ, पूर्वमन्त्री गगन थापा, सांसद डा। सूर्यप्रसाद पाठक, कृष्णभक्त पोखरेल, लक्ष्मणलाल कर्ण, राष्ट्रियसभाका वर्तमान र पूर्वसदस्यहरु खीमलाल देवकोटा, राधेश्याम अधिकारी, सांसद पुष्पा भुषाल गौतम, रेखा शर्मा, पूर्वमन्त्री योगेश भट्टराई सहभागिता रहने छ।
चार चरणमा आयोजना हुने कार्यक्रममा विभिन्न विषयका विज्ञले आफ्नो कार्यपत्र प्रस्तुत गर्ने तयारी गरेको संघका अध्यक्ष डा. बद्री केसीले जानकारी दिए।

काठमाडौंको र्‍याडिसन होटलमा आयोजना हुने एक दिने सो सेमिनारमा गृहसचिव टेकनारायण पाण्डे, उद्योग सचिव अर्जुनप्रसाद पोखरेल, अर्थसचिव मधुकुमार मरासिन, परराष्ट्र सचिव भरतराज पौडेलले समेत सम्बोधन गर्ने भएका छन्।गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले सरकार प्रमुखसहित सरोकारवाला मन्त्रालयका मन्त्रीसहितको उपस्थितिमा हुने कार्यक्रम संघका माग पूरा गर्न कोसेढुंगा सावित हुने बताए। उनले संघले विगत डेढ दशकदेखि उठाएका मागहरुको टुंगो लगाउने सुर्वण अवसर भएको बताए।संस्थापक अध्यक्ष डा। उपेन्द्र महतोले सम्बोधन गर्ने सो कार्यक्रमका लागि संघका अध्यक्ष कुल आचार्य र अध्यक्ष डा. बद्री केसी लगायतका पदाधिकारी काठमाडौंमा उत्रिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu