काठमाडौं, ३ माघ । सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख पनि तोकेको छ ।
बुधबार दिउसो बसेको मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको हो । जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ ।
को भए प्रमुख ?
प्रदेश प्रमुखहरु पनि तोकिएका छन्।
प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा ।
त्यस्तै प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ ।
प्रदेश नम्बर ३ मा भने अनुराधा कोइराला ।
साथै प्रदेश नम्बर ४ मा बाबुराम कुँवर तथा प्रदेश नम्बर ५ मा उमाकान्त झा ।
प्रदेश नम्बर ६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ल ।
प्रतिक्रिया दिनुहोस्