काठमाडौं, ३ माघ। प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित आन्दोलनरत् धनकुटावासी र प्रहरीबीच झडप भएको छ । झडपमा ३ जना घाइते भएका छन् ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ भने लाठी चार्ज समेत गरेको छ ।
यसअघि आन्दोलनकारीले बिहीबार बिहान १० बजे प्रशासन कार्यालयमा आगजनी गरेका थिए । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार आगजनीबाट कार्यालयको दुई थान कम्प्यूटर, प्रिन्टर लगायतका सामग्री जलेर नष्ट भएको छ ।
आन्दोलनकारीले जिल्ला डिभिजन कार्यालय, वारूण यन्त्र लगायतमा समेत तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्