काठमाडौ, २२ साउन । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा हुदैछ । सत्ता गठबन्धनमा चुनावी तालमेल गर्ने सहमति भइसकेको छ । यद्दपि, सत्ता गठबन्धनकै नेताहरुले गठबन्धनको मात्रै भर नपरी एक्लै चुनाव लड्ने गरी तयारीमा जुट्न पनि पार्टीपंक्तिमा आव्हान गर्ने गरेका छन् ।
सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शनिबार मात्रै पनि एक कार्यक्रममा नेपाली कांग्रेसले इमानदारीपूर्वक गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने गुनासो पोखे ।राजनीतिक विश्लेषक झलक सुवेदीले नेपाली राजनीतिमा त्यो वा यो गुट र पार्टीबीच गठबन्धन हुने विषय छुवाछुतको विषय नभएको बताए । एबीसी टेलिभिजनको एक कार्यक्रममा उनले नेपाली राजनीतिले सबैखाले गठबन्धनलाई स्वीकार गर्ने भन्दै राजनीतिक खाउपेचमा कसले उछिन्न सक्छ उसकै गठबन्धन बलियो हुने तर्क राखे ।सुवेदीले भने, “कसले आफ्नो पक्षमा बढी शक्ति जम्मा गर्छ, तत्कालीन राजनीतिक स्वार्थको जोडघटाउमा भर पर्छ ।”,संसारभरी नै गठबन्धनको अभ्यास रहेको उनले बताए । उनले भारतको उदाहरण दिदै त्यहा दुवै प्रवृत्ति देखिएको बताए ।
“चुनाव अगाडि गठबन्धन र पछि सिट बाँडफाट गर्ने र सरकार बनाउने छ । इण्डियामा नेशनल डेमोक्रेटिक एलायन्स भारतीय जनता पार्टीको र प्रोग्रेसिभ एलायनस कांग्रेसको छ । कतिपय ठाउँमा चुनावपछि शक्ति विन्यासको अभ्यास छ”, उनले भने । कसको बीचमा बहिले मिल्ने भन्ने त्यतिबेलाको राजनीतिक स्थिती अनुसार दलहरुमा भर पर्ने उनले बताए । आगामी निर्वाचनमा वाम गठबन्धनको च्याप्टर क्लोज हुनुमा मुख्य कारक माओवादी केन्द्र भएको बताउदै उनले बार्गेनिङ वा मोलतोलका लागि वाम गठबन्धनको विषय उठाएको हुनसक्ने उल्लेख गरे । तर, माओवादी, एमाले र समाजवादीभित्र यो प्रयास भने भएको उनको भनाइ छ ।
नेपालमा २०४६ सालदेखि नै एक दलीय व्यवस्थाबाट प्रतिस्पर्धा स्वीकार गरे जानुपर्ने व्यवस्था लागू हुदै आएको र पाँचौ महाधिवेशनबाट जनताको बहुदलीय व्यवस्थालाई कमयुनिष्ट पार्टीले वैचारिक र सैद्धान्तिक रुपमै स्वीकारेको सुवेदीले बताए । उनले भने, “कम्युनिष्ट पार्टीबीचमै पनि धेरै प्रतिस्पर्धा हुनु, एउटाले अर्कँलाई हराउनु र श्रेष्ठता हासिल गर्नु, सरकार चलाउनु वा प्रतिपक्षीमा बस्ने कुरा स्वभाविकरुपमा लिनुपर्छ । कम्युनिष्टका बीचमा भिन्न–भिन्न मत हुन सकछन् भन्ने हामीले स्वीकार गरिसकेका छौं ।” गठबन्धनको गएको स्थानीय निर्वाचनमा जनप्रतिनिधिहरुको भोट ठ्याक्कै हिसाब निकाल्न गाह्रो भएको र यसमा एमालेले केही दलसँग गठबन्धन गरेकाले एमालेको भनेक केही सहज रहेको उनकोभ भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्