ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सृष्टिको प्रशंसा गर्दै रेखा भन्छिन – तिमीले मलाई तीनपटक रुवायौ


एबीसी / संवाददाता
२ भदौ २०७९, बिहिबार   २ : ३१   बजे

काठमाडौं, २ भदौ । गोपीकृष्ण मल्टिप्लेक्समा बुधबार बेलुका फिल्म ‘माइकल अधिकारी’को प्रिमियर आयोजना गरियो, जहाँ राजनीतिज्ञदेखि सेलिब्रिटीसम्म उपस्थित रहे ।

फिल्मका प्रस्तुतकर्ता उद्धव पौडेलका ज्वाइँ समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेदेखि अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापासम्मले फिल्म हेरेर प्रतिक्रिया दिए ।

रेखाको प्रतिक्रियाले भने सञ्चारकर्मीको ध्यानाकृष्ट गर्‍यो । रिलेसनसिपमा रहेका सौगात र सृष्टिले रेखाबाट प्रशंसा बटुले । रेखाले त सृष्टिलाई सुपरस्टारको संज्ञा दिइन् । मिस नेपाल भएदेखि नै आफू सृष्टिको ठूलो फ्यान भएको रेखाले बताइन् ।

‘माइकल अधिकारी हेरेर झन् ठूलो फ्यान भएकी छु । तिमीले मलाई तीनपटक रुवायौ । तिमीले मलाई र्‍याक गर्छौ भनेर आँसु नदेखाएकी मात्र हुँ,’ रेखाले भनिन्, ‘सौगातको अभिनयको त म एकदम फ्यान हुँ । उसको अभिनयबाट मैले पनि सिकिरहेकी छु । सृष्टिको भविष्य ब्राइट देखेकी छु ।’

रेखाले अगाडि भनिन्, ‘तिमी मेरो लागि सुपरस्टार हौ । मिस नेपाल भएदेखि नै मलाई सृष्टि मन परेको हो । यो मान्छे फिल्ममा आए पनि हुन्थ्यो भन्ने मलाई लाग्थ्यो । एउटा सिरिज हेरेर उसको फ्यान भएकी हुँ ।’

कतिपय प्लटमा आफूले सौगातभन्दा सृष्टिको अभिनय उच्चस्तरको देखेको रेखाको ठम्याइ थियो । फिल्ममा सृष्टि र सौगातले जोडीको भूमिका निर्वाह गरेका छन् । रञ्जित रौनियार निर्देशित फिल्मले सरोगेसीको विषयवस्तु पेश गर्छ ।

फिल्म शुक्रबारदेखि प्रदर्शन देशव्यापी प्रदर्शनमा आउँदैछ । ‘माइकल अधिकारी’सँगै ‘कृष्णलीला’ र ‘प्रेमगञ्ज’ पनि सँगै रिलिज हुँदैछन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu