ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाध्यताले प्रदेशसभाको शपथ आज गराइँदै


admin
७ माघ २०७४, आइतबार   ९ : १९   बजे

काठमाडौं, ७ माघ । संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई आज शपथ ग्रहण गराउने कार्यक्रम छ ।

सरकारले निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रदेश प्रमुख नियुक्त गरेकाले निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम नतिजा बुझाएको थियो । आयोगले माघ २४ गते तोकिएको राष्ट्रियसभा निर्वाचनको कार्यक्रम आजदेखि नै शुरु हुने भएकाले सबै प्रदेशसभा सदस्यको शपथ आजै सम्पन्न गर्नुपर्ने छ ।

प्रदेशसभा सदस्य राष्ट्रियसभा निर्वाचनको मतदाता रहेकाले प्रमुख नियुक्ति लगत्तै शपथ ग्रहणको कार्यक्रम राखिएको हो । आयोगले राष्ट्रियसभा निर्वाचनका लागि आजै मतदाता नामावली सार्वजनिक गर्नुपर्ने छ । प्रदेशसभा १ को शपथग्रहण कार्यक्रम विराटनगस्थित वीरेन्द्र सभागृहमा हुँदैछ । प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यहरुको शपथ जनकपुर उद्योग वाणिज्य संघको राजर्षिजनक सभागृहमा हुँदैछ ।

प्रदेश नम्बर ३ का सांसदहरुको शपथ मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडामा हु“दैछ । शपथका लागि बिहान १० बजेको कार्यक्रम तय गरिएको छ । प्रदेश नम्बर ४ का सांसदहरुको शपथ पोखरास्थित प्रस्तावित प्रदेश प्रमुख कार्यालय र प्रस्तावित प्रदेश प्रदेशसभा भवन नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा गराउने कार्यक्रम तय भएको छ ।

प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्यहरुको शपथ बुटवलस्थित बुटवल उद्योग वाणिज्य संघको हलमा बिहान ११ बजे गर्ने तयारी भएको छ । प्रदेश नम्बर ६ का प्रदेशसभा सदस्यहरुको शपथ सुर्खेतस्थित जिल्ला समन्वय समितिको हलमा गराउने तयारी भएको छ ।

प्रदेश नम्बर ७ का प्रदेशसभा सदस्यहरुको शपथ धनगढीस्थित जिल्ला विकास समितिको सभाकक्षमा हुँदैछ । शपथका लागि अधिकांश प्रदेशसभा सदस्यहरु सम्बन्धित प्रदेशको सदरमुकाम पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसदबाट टाढिँदा रास्वपा सांसद पनि उदासीन, गणपुरक नपुग्दा विधेयक रोकियो

बुबाको निधनपछि भावुक मेसी : ‘तपाईंविना कसरी अगाडि बढ्ने थाहा छैन’

सम्बन्धित

विदेशी मुद्राको विनिमयदर : डलर, युरो र कुवेती दिनार घट्दा अस्ट्रेलियन डलर बढ्यो

एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन : १५ बुँदे डब्लिन घोषणापत्र जारी

स्मार्ट टेलिकम सम्पत्ति लिलामी प्रकरणमा २२ जनाविरुद्ध मुद्दा, ९६ अर्बभन्दा बढी बिगो दाबी

आजको राशिफल : कुन राशिका लागि कस्तो छ बिहीबार ?

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा प्लाजा होटल्स ग्रुपको सहप्रायोजन निरन्तर

हायर पर्चेज कम्पनीको नीतिमा राष्ट्र बैंकको कडाइ, ब्याजदेखि सञ्चालकको योग्यतासम्म नयाँ व्यवस्था

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu