ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिपिएल क्रिकेटका मालिक र खेलाडी सार्वजनिक


एबीसी न्यूज
१० माघ २०७४, बुधबार   ४ : ०९   बजे

काठमाडौं, १०  माघ ।  चैत १७ गतेदेखि हुने धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट खेल्ने टिमका मालिक र रणनीतिक खेलाडी सार्वजनिक गरिएको छ ।

डिपिएलका दोस्रो संस्करणमा नयाँ टिम थपिएको छ । यसअघिको कञ्चनपुर आइकोनिकको ठाउँमा यसपटक महेन्द्रनगर युनाइटेडले खेल्ने भएको छ ।

शरद भेषवाकर नखेल्ने भएपछि विराटनगर किंग्सको रणनीतिक खेलाडी पारस खड्का भएका छन् । पारसले पहिलो संस्करणको डिपिएलमा टिम चौराह धनगढीको नेतृत्व गर्दै उपाधि जितेका थिए । यस्तै टिम चौराह धनगढीको रणनीतिक खेलाडी सोमपाल कामी, सिवाइसी अत्तरियाका लागि दीपेन्द्रसिंह ऐरी, महेन्द्रनगर युनाइटेडका लागि विनोद भण्डारी, काठमाडौं गोल्डेन्सका लागि ज्ञानेन्द्र मल्ल र रुपन्देही च्यालेन्जर्सको रणनीतिक खेलाडी शक्ति गौचन छन् ।

हरेक टिममा रहेका रणनीतिक खेलाडीले टिमको समन्वय गर्नेछन् भने सहयोगी पनि हुनेछन् । रणनीतिक खेलाडी कप्तान हुन वा नहुन पनि सक्नेछन । सिवाइसी अत्तरियालाई क्रिएटिभ युथ क्लवले सञ्चालन गर्नेछ ।

यस्तै महेन्द्रनगर युनाइटेडका लगानीकर्ता सुशीलकुमार श्रेष्ठ छन् भने विराटनगर किंग्सका लगानीकर्ता पूर्वखेलाडी पारस लुनिया रहेका छन् । त्यसैगरी रुपन्देही च्यालेन्जर्सका लगानीकर्ता सुरज उप्रेती, टिम चौराह धनगढीका राजकुमार श्रेष्ठ र काठमाडौं गोल्डेन्सका लगानीकर्ता गोल्डेनगेट एजुकेशन नेटवर्क रहेको डिडिएल आयोजक धनगढी क्रिकेट एकेडेमी डिसिएका प्रमुख सुवास शाहीले जानकारी दिनुभयो ।

डिपिएलको विजेताले घरेलु क्रिकेटकै अहिलेसम्मको सर्वाधिक २५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले १० लाख रुपैयाँ र तेस्रो स्थानको टिमले ३ लाख तथा चौथो हुने टिमले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

हरेक खेलका म्यान अफ द म्याचले १० हजार र प्रतियोगिताको उत्कृष्ट खेलाडीले टिभिएस मोटरसाइकल पाउने शाहीले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागी ६ वटा टिमले २ जनाका दरले विदेशी खेलाडी राख्नैपर्ने नियम राखिएको छ । यस्तै एक जना खेलाडी सुदूरपश्चिमका हुनै पर्नेछ ।

खेलाडीको वोलकवोल फागुन ५ गते हुनेछ । डिपिएलमा पुरस्कारको लागि मात्रै ५० लाख र कुल खर्च ३ करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

८ दलको ‘अग्रगामी मोर्चा’ घोषणा, संघीयता र पहिचानको एजेन्डामा साझा अभियान[पूर्णपाठ]

‘सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’ : प्रधानमन्त्री बालेनलाई रास्वपाका नेता मनीष झाको जबाफ

सम्बन्धित

सृजना सेकेन्डरी स्कुलमा अन्तर सदनात्मक बुद्धिचाल प्रतियोगिता सम्पन्न

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu