ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वडाध्यक्ष भन्नुहुन्छ, ‘पाँच वर्षको तलब ज्येष्ठ नागरिक र अपाङ्गलाई’


admin
३० असार २०७४, शुक्रबार   ४ : ४५   बजे

भीमदत्तनगर, ३० असार । कञ्चनपुरको भीमदत्तनगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष आसेफ कुँवर ९भुन्टु०ले आफ्नो पाँच वर्षको कार्यकालमा सरकारबाट प्राप्त हुने तलब वडामै वितरण गर्ने घोषणा गर्नुभएको छ ।

भीमदत्तनगरपालिका–१ बाराकुण्डास्थित वडा समितिको कार्यालयमा आज बसेको पहिलो बैठकमा वडाध्यक्ष कुँवरले पाँच वर्षसम्मको तलब वडाका ७५ वर्षभन्दा माथिका वृद्धवृद्धा र पूर्ण अपाङ्गलाई दामासाहीले वितरण गर्ने घोषणा गर्नुभयो ।

घोषणासँगै उहाँले वडासचिव प्रेमबहादुर विष्टलाई ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको लगत संकलन गर्न निर्देशनसमेत दिनुभयो । आफूले मासिक पाउने रु २० हजार वितरण गर्नका लागि निर्देशिका बनाइने उहाँको भनाइ छ ।

“म यहीँका नागरिकको सहयोगामा वडाध्यक्षको कुर्चीमा पुग्नुका साथै तलब लिने मान्छे भए,” वडाध्यक्ष कुँवरले पहिलो बैठकमा भन्नुभयो – “मैले पाउने सरकारी सुविधा गाउँकै नागरिकको सम्मान र भलाइका लागि खर्च गर्नेछु ।”

बैठकमा उपस्थित स्थानीयवासीले दुईवटा खोलाको बीचमा रहेको वडा नं १ मा झोलुङ्गे पुल, सडक, खानेपानी र बिजुलीको प्रबन्ध गर्नका लागि पहल गरिदिन वडाध्यक्ष कुँवरलाई आग्रह गरेका छन् । खन्नेखोला र रौटेला खोलाको बाढीका कारण बर्सेनि स्थानीय बासिन्दाले दुःख पाउने गरेका छन् ।

स्थानीय डिल्लीराज हमाल पहिलो दिनमै वडाध्यक्षले परोपकारी निर्णय गरेर पाकापुस्ताप्रति सम्मान व्यक्त गर्नु सुखद संकेत भएको बताउनुहुन्छ ।

स्थानीय ६० वर्षीय दलबहादुर विष्टले वडाध्यक्ष कुँवरले आफ्नो तलब गाउँलेलाई प्रदान गर्ने निर्णयको स्वागत गर्नुभयो । “यस्तो निर्णय कहिल्यै भएको थिएन, यहाँका बस्ती जोगाउन तटबन्ध निर्माणको समेत उहाँको प्रतिवद्धता आउनेमा आशावादी छौँ,” विष्टले भन्नुभयो ।

वडाध्यक्ष कुँवरले आफू वडाको समग्र समस्याप्रति जानकार रहेको र समाधानका लागि लागिपर्ने बताउनुभयो । “यहाँको धार्मिक तथा पर्यटकीय सम्भावनाका बारेमा पनि मसँग योजना छन्, त्यसमा कटिबद्ध भएर लाग्छु,” उहाँले भन्नुभयो – “किसानमुखी कार्यक्रम वडामा सञ्चालन गर्ने योजना बनाएको छु ।” रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group