ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चलचित्र पिपल साक्षीको प्रथम च्यारिटी शो को उद्घाटन


एबीसी / संवाददाता
३ पुस २०७९, आइतबार   १ : ५६   बजे

काठमाडौं, ३ पुस ।  राजधानीमा ओप्सना फिल्मस प्रा।लि।ले आयोजना गरेको एक कार्यक्रम,नेपाली कथानक चलचित्र पिपल साक्षी को प्रथम च्यारिटीशो मा प्रमुख अतिथि वरिष्ठ साहित्यकार श्री सुरेन्द्र महर्जन अमर ज्यूबाट दीप प्रज्वलन गर्दै जमल काठमाडौ स्थित सांस्कृतिक संस्थानमा प्रदर्शनको उद्घाटन गर्नु भयो ।

ओप्सना फिल्मसको ब्यानरमा निर्माता पेमा शेर्पा राईले निर्माण गर्नुभएको चलचित्रलाइ चर्चित संगीतकर्मी ओम प्रकाश राईले निर्दशन गर्नुभएको छ भने छायांकन अर्जुन, नृत्य सुरेश पाण्डे, संगीत ओम प्रकाश राई, गायनमा क्रमशः पेमा शेर्पा राई, सुमन के.सी. साजन लामा, राज सिग्देल, श्रृङ्गारमा श्रद्धा कंडेल, हुनुहुन्छ भने त्यसैगरी कलाकारमा अन्जन योन्जन,ममिता राई,सन्जु मोक्तान ,ललित साउद,सुस्मिता श्रेष्ठ, रेन्वो बिष्ट, अमर लिम्बू,भोले भण्डारी,सृस्टी लिम्बू तथा बालकलाकारमा ओशियन राई र अनन्या बस्नेत हुनुहुन्छ ।

कला क्षेत्रका विभिन्न व्यक्तिहरूलाई प्रमाणपत्र सहित सम्मानित प्रमुख अतिथी साहित्यकार सुरेन्द्र महर्जनुअमरु र चलचित्र निर्माता तथा गायिका, कलाकार पेमा शेर्पा राईद्वारा क्रमशः चलचित्रकर्मीरसन्चारकर्मी रोशन कुमार, गायकरकलाकार सुर्य राई दनुवार, संगीतकर्मीरकलाकार देशनरेश अधिकारी, श्रृङ्गार /भेषभुषा कृषा चौलागाईं, फेसन डिजाइन/रनायिका अदिती श्रेष्ठ, अभिनेतारचलचित्र लेखक प्रेम बस्याल, कलाकार र समाजसेवी सुमन थापा, छायांकार/सन्चारकर्मी छिरिङ लामा, कलाकार मोडेल करुणा बस्नेत, कलाकार मोडेल सोनु परियार, कलाकार सुनिता बस्नेत लगायत संगीत र कला क्षेत्रमा रहनुहुने साहित्यकार, समाजसेवी क्रमशः मिलन राई, सन्चमान राई, भुपेन्द्र लिम्बू, सुसन साम्सुहाङ, विकास चौधरी, गोविन्द सोनी, संजय हमाल, चित्र राई, मिलन शंकर, विक्रम के.सि. भीष्म राज फुलारा, सन्चमान राईलाई पनि सम्मानित गरिएको थियो ।

मुलुकभर र अन्य स्थानमा तथा अन्तर्राष्ट्रिय स्तरमा पनि विशेष सो सम्पन्न गर्ने जानकारी दिइएको थियो । पहिला चारिटी सो सम्पन्न गरेर मात्र सिनेमा–घरमा सार्वजनिक प्रदर्शन गर्ने बताउनुभयो । चलचित्र ूपिपल साक्षीू की निर्माता तथा गायिका, कलाकार पेमा शेर्पा राईले पनि दर्शकको प्रतिक्रियाले आफूलाई अझ थप सिनेमा निर्माण गर्ने हौसला प्रदान भएको जानकारी गराउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि सुरेन्द्र महर्जन अमर, चलचित्रकर्मी रोशन कुमार,अभिनेता प्रेम बस्याल लगायतले  पिपल साक्षी  नेपाली चलचित्र क्षेत्रमा कोशेढुङा नै हुने भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
नेपाली सामाजिक मौलिक कथामा निर्माण भएको नेपाली कथानक चलचित्र पिपल साक्षी को मध्याह्नमा वरिष्ठ साहित्यकार अमर लाई साहित्य र कला क्षेत्रमा विगत चार दशकदेखि लाग्नुभएकोमा ओप्सना साहित्य सम्मान–२०८९ बाट फिल्मका निर्देशक ओम प्रकाश राई तथा निर्माता पेमा शेर्पा राईबाट सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीको शोकमा करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम स्थगित

झापाको काँकडभिट्टा सीमा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ प्रयोग

सम्बन्धित

कन्दराले भोटेकोसी बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्‍यो

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu