इनरुवा, ११ माघ । प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले पारदर्शी रुपमा सूचना उपलब्ध गराउन सुनसरीका कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।
इनरुवामा बुधबार सूचना आयोगले आयोजना गरेको सूचनाको हक विषयको अन्तरक्रियामा उहाँले सूचना लोकतन्त्रको आधार भएकाले सूचना मागेको नागरिकलाई दिनका लागि आग्रह गर्नुभयो ।
उहाँले सूचनाको प्रवाह सही तरिकाबाट भएमात्र लोकतन्त्र मजबुत हुने बताउनुभयो । उहाँले सूचनाको हकको कार्यान्वयनमा कर्मचारी र कार्यालय प्रमुखले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्