मोरङ, १२ माघ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस प्रतिपक्षी दल भएकाले सरकार ढाल्ने र बनाउने क्षमता रहने बताएका छन् । विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वका अन्य मुलुकको संसद्मा समेत प्रतिपक्षीको भूमिका यस्तै हुने टिप्पणी गरे ।
“प्रतिपक्षीको भूमिका भनेकै गभर्मेन्ट इन वेटिङ हो,” उनले भने, “हामी कुनै पनि बेला सरकार गिराउने क्षमता राख्नुपर्छ र सरकार बनाउने पनि । यो विश्वका विकसित मुलुकका पार्लियामेन्टमा हुने खेल पनि यही हो ।”
कांग्रेसले वर्तमान सरकारलाई दिएको विश्वासको मतका विषयमा सम्पूर्ण कार्य समाप्त भएकाले यस विषयमा अब पार्टीभित्र कुनै किसिमको वादविवाद नरहेको उनले स्पष्ट पारे ।
राष्ट्रपतिको निर्वाचन सहमतिमा जाने सम्भावना कम रहेको उल्लेख गर्दै डा.कोइरालाले कांग्रेसले आफ्नो उम्मेदवार दिने र अन्य दलसँग छलफल भइरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्