काठमाडौँ, १४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीको आपतकालीन केन्द्रीय समितिको बैठकले उपसभापति तथा श्रममन्त्री डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ ।
सभापति रवि लामिछानेको पद अदालतले खारेज गरेसँगै सो जिम्मेवारी अर्याललाई दिइएको हो । महामन्त्री एवम् प्रवक्ता डा.मुकुल ढकालका अनुसार संसदीय दलको नेता पनि अर्याल नै चुनिएका छन् ।
पार्टी कार्यालय बसुन्धरामा बसेको बैठकले अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको हो । सो निर्णयबारे आइतबार निर्वाचन आयोगलाई जानकारी दिइने प्रवक्ता ढकालले बताए ।
सर्वोच्च अदालतले शुक्रबार लामिछाने गैरनागरिक रहेको ठहर गरेको थियो । यससँगै उनी मन्त्री, सांसद र पार्टी सभापति पदका लागि अयोग्य भएका थिए ।
प्रतिक्रिया दिनुहोस्