ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोल्पाका द्वन्द्वपीडित सैनिक पत्नि व्यवसायबाट मनग्ये आम्दानी गर्दै


admin
१२ माघ २०७४, शुक्रबार   १० : ३९   बजे

रोल्पा, १२ माघ । रोल्पाको सशस्त्र युद्धमा तत्कालीन विद्रोही नेकपा ( माओवादी) ले पहिलोपटक सेनामाथि गरेको आक्रमणमा परी २०५८ सालमा दाङमा रहेको ब्यारेकमा मारिएका थिए रोल्पा नगरपालिका–२ का ओमकुमारी डाँगीका श्रीमान् खड्कबहादुर डाँगी । 

श्रीमान्को मृत्युपछि चार वर्षका छोरा र एक वर्षीया छोरी एवं सासू ससुरा उनीप्रति आश्रित हुन पुगे । कमाइ गर्ने मुख्य मान्छेको मृत्युपछि उनलाई घरव्यवहार चलाउन निकै मुस्किल प¥यो ।

श्रीमान्को मृत्युपछि सैनिक कल्याणकारी कोषले उनलाई केही रकम उपलब्ध गरायो । सोही रकम लगानी गरी सदरमुकाम लिवाङमा ब्यूटीपार्लर सञ्चालन गरिन् । छोराछोरी पढाउन तथा घर व्यवहार चलाउन ब्यूटीपार्लरको आम्दानी नै उनको मुख्य आयश्रोत भएको छ । ब्यूटीपार्लरबाट उनले दैनिकरुपमा करिब रु पाँच हजार आम्दानी गर्दै आएकी छिन् ।

नेपाली सेनाको कल्याणकारी कोषबाट रु एक लाख सापटी लिई लिवाङमै कुटानी मिल शुरु गरिन् रोल्पा नगरपालिका–२ की शोभा डाँगीले । कुटानी मिलसँगै बेमौसमी तरकारी खेतीसमेत गर्न थालेकी उनले अहिले दुवै कमाइबाट मासिक रु ५० हजारभन्दा बढी आम्दानी गर्दै आएकी छिन् ।

रोल्पा नगरपालिका–१ की मनकुमारी कँवरले सिलाइकटाइ गर्छिन् । नेपाली सेनाकी आश्रित परिवार हुन् उनी । सिलाइकटाइका साथै च्याउखेती समेत गरेर आम्दानी बढाउने सोचका साथ उनी नेपाली सेनाले सञ्चालन गरेको च्याउखेतीसम्बन्धी तालीममा सहभागी पनि भइन् । रोल्पा जिल्लामा नेपाली सेनाले सैनिकका श्रीमती, आश्रित परिवार र एकल महिलाको आयआर्जनका लागि दिँदै आएको तालीमबाट प्रत्यक्ष लाभान्वित भएका हुन उनीहरु ।

नेपाली सेनाले रोल्पामा सैनिकका श्रीमती, आश्रित परिवार र एकल महिलाको दैनिक जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ कृषिजन्य तालीम सञ्चालन गर्दै आएको छ । मध्यपश्चिम इपिसेन्टर कार्यालय, बाँक,े जिल्ला कृषि विकास कार्यलय, रोल्पा र नेपाल इन्भेष्टमेन्ट बैंक, दाङको आर्थिक तथा प्राविधिक सहयोगमा यस्ता तालीम सञ्चालन हुँदै आएका छन् ।

२०७१ सालदेखि दैनिक जीविकोपार्जन सुधारका यस्ता तालीम निरन्तर रुपमा सञ्चालन गर्दै आएको खड्ग दल गण, रोल्पाका सहायक गणपति धर्म बोगटीले जानकारी दिनुभयो । यस्ता तालीमले उनीहरुको जीवनस्तरमा परिवर्तन आउनेमा आफूहरु आशावादी रहेको उहाँले बताउनुभयो । जिल्लामा सुन्तलाखेती, च्याउखेती, अदुवा प्रशोधन तालीम, मौरीपालन तालीमलगायतका तालीम सञ्चालन गरिएको बोगटीले बताउनुभयो ।

सेनाका श्रीमती, आश्रित परिवार र एकल महिलाका लागि सञ्चालित यस्ता तालीमले आयआर्जनका साथै परिवार तहको पोषणमा समेत सुधार गर्न मद्दत पुग्ने जिल्ला कृषि विकास कार्यालय, रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताउनुभयो । जिल्लामा सबभन्दा बढी सम्भाव्यता भएका क्षेत्रको तालीम दिइएकाले व्यावसायिक ढंगले खेती गर्नेका लागि पनि राम्रो सम्भावना रहेको श्रेष्ठले बताउनुभयो ।

सशस्त्र युद्ध तथा अन्य कारणले श्रीमान् गुमाएका एकल महिलालाई जीविकोपार्जनमा निकै समस्या हँुदै आएकाले यस्ता तालीमले उनीहरुलाई ठूलो राहत हुने मानवअधिकारका लागि एकल महिला समूह, रोल्पाका अध्यक्ष तुलसा आचार्यले बताउनुभयो । जिल्लाभर रहेका एकल महिलाका लागि नेपाली सेनाले आगामी दिनमा यस्ता तालीममा निरन्तरता दिनुपर्ने आचार्यले बताउनुभयो ।

नेपाली सेनाको कल्याणकारी कोषको सहयोगमा जिल्लामा १२ जनाले विभिन्न व्यवसाय गर्दै आएका छन् । सहयोग प्राप्त उनीहरुमध्ये अधिकांशले सफलताका साथ व्यवसाय गर्दै राम्रो आम्दानीसमेत गर्दै आएको बताइएको छ ।

रोल्पा जिल्लामा द्वन्द्वकालीन समयमा पति गुमाएका एकल महिलाको संख्या ३२३ जना रहेको छ । यसैगरी, अन्य कारणबाट एकल भएका महिलाको संख्या जिल्लामा छ हजार ५०० भन्दा बढी रहेको बताइएको छ ।

घरको मुख्य मान्छेको मृत्युसँगै घरायसी व्यवस्थापनसमेत एकल महिलाले गर्नुपर्ने भएकाले उनीहरुको आयआर्जनमा यस्ता तालीमले मद्दत गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group