काठमाडौँ, १९ माघ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्ने भएको छ । बुधबारका लागि बोलाइए पनि अन्तिम समयमा आएर स्थगित भएको बैठक आज बस्न लागेको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बिहान ११ बजे बस्ने छ ।
मंगलबारका लागि बोलाइएको बैठक पार्टीको संगठानसम्बन्धी गृहकार्य नसकिएकाले बुधबारका लागि सारिएको थियो । बुधबार पनि नबसेर आजका लागि बोलाइएको हो ।
बैठकमा कार्यविभाजनमा छलफल हुने माओवादीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्