काठमाडौँ, २० माघ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रमुख दलबीचको सहमतिमा पुनः जोड दिएका छन् ।
सत्ता गठबन्धनमा देखिएको तिक्तता तथा पछिल्लो राजनीतिक घटनाक्रमतर्फ लक्षित गर्दै डा.भट्टराईले सामाजिक सञ्जालमार्फत् लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले प्वाल पार्ने काम गर्न नहुने बताएका हुन् ।
“लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौँ । यो डुंगा डुब्दा हामी सबै त डुब्छौँ डुब्छौँ, देश र जनताले ठुलो क्षति व्यहोर्नुपर्नेछ,” उनले भने, “कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको सन्दर्भमा प्रमुख दलहरूबीच सहमतिको विकल्प छैन । गम्भीर बनौँ ।”
लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं! यो डुंगा डुब्दा हामी सबै त डुब्छौं डुब्छौं,देश र जनताले ठूलो क्षति व्यहोर्नुपर्नेछ। कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको सन्दर्भमा प्रमुख दलहरू वीच सहमतिको विकल्प छैन।गम्भीर बनौं!
— Baburam Bhattarai (@brb1954) February 2, 2023
प्रतिक्रिया दिनुहोस्