ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यापार घाटा एक खर्ब ८२ अर्ब


एबीसी न्यूज
१२ माघ २०७४, शुक्रबार   १ : ३१   बजे

 

पर्सा, १२ माघ  ।  देशकै प्रमुख भन्सार नाका वीरगञ्जको व्यापार घाटा चालू आर्थिक वर्षको छ महिनामा ३२ गुणा पुगेको छ ।

गत आवको पहिलो छ महिनामा वीरगञ्ज नाकाको व्यापार घाटा १९ गुण रहेकामा चालू आवमा व्यापार घाटा ३२ गुणा पुगेको हो ।

आव २०७४÷७५ को साउनदेखि पुससम्म रु एक खर्ब ८८ अर्ब १२ करोड ९४ लाख मूल्यको विभिन्न वस्तु आयात भएको थियो । सो नाका भएर रु पाँच अर्ब ७२ करोड ९६ लाखको वस्तु निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका भन्सार प्रमुख सेवन्तक पोखरेलले जानकारी दिनुभयो ।

आयात निर्यातलाई तुलना गर्र्दा चालू आवको छ महिनामा वीरगञ्ज नाकाको व्यापार घाटा रु एक खर्ब ८२ अर्ब ३९ करोड ९७ लाख पुगेको उहाँले बताउनुभयो । नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ हुने निर्यात दिनानुदिन घट्दै गएको र आयात बढ्दै गएका कारण वीरगञ्ज नाकाको व्यापार घाटा बढ्दै गएको हो ।

नेपालमा उत्पादन भएका वस्तु विश्व बजारमा प्रतिष्पर्धा गर्न नसकेका कारण वीरगञ्ज नाकाबाट भारत तथा तेस्रो मुलुकका लागि हुने निर्यात घट्दै गएको छ भने नेपाली बजारको माग बढ्दै गएकाले सो नाकाबाट आयात दिनानुदिन बढ्दै गएको भन्सार प्रमुख पोखरेलले बताउनुभयो ।

गत आवको तुलनामा चालू आवको पहिलो छ महिनामा रु एक अर्ब ९१ करोड १२ लाख बराबरको वस्तुको निर्यातमा कमी आएको भन्सारले जनाएको छ । आव २०७३÷७४ को पहिलो छ महिनामा वीरगञ्ज नाकाबाट रु सात अर्ब ६४ करोड आठ लाखको विभिन्न वस्तु निर्यात भएको तुलनामा चालू आवको सोही अवधिमा रु पाँच अर्ब ७२ करोड ९६ लाखको वस्तु निर्यात भएको भन्सार प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा जुस, जाम, आयुर्वेदिक औषधि, अन्य रेसाको कपडा, दन्तमञ्जन, फलामे पाइपलगायत रहेका छन् । आयात गरिने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, वाहन, खाद्यान्नलगायत रहेका छन् । नेपालबाट भारत तथा तेस्रो मुलुकका लागि करिब १५० प्रकारका वस्तु निर्यात हुने गरेका छन् भने भारत तथा तेस्रो मुलुकबाट वीरगञ्ज नाका प्रयोग गरी तीन हजारभन्दा बढी प्रकारका वस्तु आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu