ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अलैँचीमा गुणस्तरको खोजी


admin
१२ माघ २०७४, शुक्रबार   ३ : १०   बजे

तेह्रथुम, १२ माघ । मेन्छ्यायेम गाउँपालिका–३, श्रीजुङका यामबहादुर लिम्बू करिब दुई बोरा अलैँची बेच्न पिठ्यूँमा बोकेर व्यापारी इन्द्र भण्डारीको पसल पुग्नुभयो । भण्डारीले अलैँची राम्ररी नसुकेको भन्दै लिम्बूलाई घर फर्काउनुभयो ।

विगतमा यसैगरी सुकाएर लाखौँको अलैँची कारोबार गरेका लिम्बूलाई व्यापारीले अलैँचीको गुणस्तर भएन भन्दा रिस उठ्यो । ‘पहिले यस्तै अलैँची व्यापारीले खुसी भएर किन्थे,’ उहाँले भन्नुभयो । लिम्बूले पुनः सुकाएर ल्याएपछि दुई साताअघि डेढ मन अलैँची प्रतिमन रु २८ हजारका दरले भण्डारीले खरिद गर्नुभयो ।

श्रीजुङकै किसान देउबहादुर लिम्बूले फलाएको १५ मन अलैँची पनि न्यून गुणस्तरको ठहरियो । उहाँको केही अलैँची मात्रै मध्यमस्तरको ठहर गरी बाँकी सबै अलैँची न्यून गुणस्तरकै मूल्यमा बिक्री भयो । विगतमा उत्पादन गरेको अलैँचीको गुणस्तरको कुनै वास्ता हुदैनथ्यो ।

विगतमा व्यापारीले किसानले उत्पादन गरेको अलैँचीको गुणस्तरको विषयमा चासो नराखी नाफामुखी व्यापार गर्दैआएका थिए । मूल्य एक्कासि घटेपछि नेपाली अलैँचीमाथि गुणस्तरको प्रश्न चिन्ह ठडिन थालेको व्यवसायी बताउँछन् । यसवर्ष गुणस्तरीय, मध्यम र चलनचल्तीको अलैँचीको छुट्टाछुट्टै मूल्य निर्धारण गरिएको छ । व्यापारीले गुणस्तरीय अलैँची खोज्न थालेपछि किसानले दुःख पाएका छन् ।

“विगतमा जस्तोसुकै अलैँची पनि एउटै भाउमा बिक्थ्यो, तर अहिले त्यस्तो छैन,’ उहाँले भन्नुभयो । किसानले अलैँचीको तौल बढाउन बेच्ने बेला पानी हालेर पनि लैजाने गरेका थिए । यसवर्ष अलैँचीको गुणस्तरलाई ध्यानमा राखेर खरिद बिक्रीको कारोबार गरिरहेको व्यापारी भण्डारी बताउनुहुन्छ ।

भण्डारीले यसवर्ष सात मन अलैँची फलाउनुभयो । करिब ४० मन अलैँची खरिद बिक्री गरेको उहाँले बताउनुभयो । नसुकेको काँचो, ढुँसी पलाएको, पुच्छर नकाटेको, कुहिएको अलैँची मिसिएको र भट्टी लगाउँदा डढेको जस्ता अलैँची बजारमा यसपालि किनबेच नभएको भण्डारीले बताउनुभयो ।

यसवर्ष जिल्लामा अलैँचीको कारोबार गुणस्तर हेरेर मात्रै गरिएको अलैँची व्यवसायी संघले जनाएको छ । अलैँची व्यवसायी महासंघले निर्धारण गरेको उच्च गुणस्तरीय, मध्यम र चलन चल्तीको अलैँचीको छुट्टाछुट्टै मूल्यमा आधारित रहेर कारोबार भइरहेको अलैँची व्यवसायी संघका महासचिव तुलसी ढकालले बताउनुभयो ।

“पहिलेकै गुणस्तरको अलैँची यसपालि बजारमा कारोबार भएन, बरु फिर्ता गरेर पठाइयो,” उहाँले भन्नुभयो । ढकालले यसवर्ष सात सय मनभन्दा बढी अलैँची कारोबार गर्नुभयोे । दुई सय मन मात्रै गुणस्तरीय अलैँची थियो । बाँकी सबै चलनचल्तीकै जस्तो अलैँची रहेको उहाँले बताउनुभयो ।

“राम्रो सुकेको, पुच्छर काटेको, ढुँसी नपलाएको र ठूलो दाना भएको अलैँची गुणस्तरीयमा पर्छ,” उहाँले भन्नुभयो ।

पुच्छर नकाटे पनि ठूलो दाना भएको अलैँची मध्यम गुणस्तरको ठहरिन्छ । ढुँसी पलाएको र राम्ररी नसुकेको अलैँची गुणस्तरहीन हो । यसवर्ष बजारमा नसुकेको काँचो, ढुँसी पलाएको, पुच्छर नकाटेको, कुहिएको अलैँची मिसिएको, भट्टी लगाउँदा डढेको, बजार ल्याउने बेला पानी हालेको अलैँची धेरै नै थियो । किन्ने बेला व्यापारीले भूइँमा खन्याएर दानादाना छुटाएर हेरेपछि गुणस्तरमा ध्यान नदिने किसान फन्दामा परेका हुन् ।

गुणस्तरको आधारमा किनबेच हुँदा विगत देखिनै गुणस्तरीय अलैँची फलाउँदै आएका किसानलाई राहत मिलेको छ । “उत्पादनमा गुणस्तर नहुनु किसानलाई त्यसबारे जानकारी नभएर पनि हो यसपालि धेरैले सिके, अर्कोवर्षबाट राम्रो उत्पादन आउँछ भन्ने आशा छ,” ढकालले भन्नुभयो । जिल्लामा अलैँची खेतीसँग सम्बन्धित धेरै कार्यक्रम सञ्चालन भए पनि गुणस्तरीय अलैँची उत्पादन सम्बन्धी कुनै पनि कार्यक्रम भएका छैनन् ।

किसानलाई गुणस्तरीय उत्पादनबारे थाहा नै छैन । आफूलाई गुणस्तरीय अलैँचीको छुट्टै मूल्य पर्नेबारे केही थाहा नभएको ओयाक्जुङकी किसान मालती जोगीले बताउनुभयो । ‘सधैँ झैँ अलैँची लिएर गएँ, भूइँमा थुपारेर अलैँची हेर्नुभयो, उहाँले भन्नुभयो, “भाउ सधैँ एउटै हुन्थ्यो, त्यहीँअनुसार हिसाब गरेर पैसा लिएँ ।”

मालतीले अलैँचीमा गुणस्तरको कुरा यसभन्दा अगाडि कहिल्यै नसुनेको बताउनुभयो । अलैँचीखेती किसानका लागि सबैभन्दा सजिलो खेती हो । कतिपय किसानमा अझैपनि अलैँची भन्नासाथ बाजेले रोप्ने र नातिसम्मले फलमात्रै खाइरहने भन्ने बुझाइ बाँकी नै छ ।

गुणस्तरीय अलैँची उत्पादन गर्न किसानलाई आधुनिक प्रविधिको प्रयोग बढाउन सुझाएको व्यवसायी बताउँछन् । तर किसानले भने आधुनिक भट्टी अलैँची सुकाउनका लागि खासै काम नलाग्ने बताएका छन् । जिल्लाका किसानलाई दुई वर्षअघि उद्योग वाणिज्य संघले एक सयवटा अनुदानमा आधुनिक भट्टी वितरण गरेको थियो । अहिले एउटा पनि प्रयोगमा छैन ।

किसानले आधुनिक भट्टीको प्रयोग प्राविधिक रुपमा असजिलो, महँगो र धेरै समय लाग्ने भएको बताएका छन् । आधुनिक भट्टीको अलैँची र परम्परागत भट्टीमा सुकाएको अलैँचीको मूल्यमा खासै फरक नहुने भएकाले पनि कम खर्चमै सुकाउन परम्परागत भट्टीको प्रयोग गरेको फुलेकका किसान योगेन्द्र कार्कीले बताउनुभयो । (तस्वीर संलग्न छ)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu