ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कहिले सुध्रेला नेपाली भन्सार ?


admin
१२ माघ २०७४, शुक्रबार   ३ : २१   बजे

काठमाडौँ, १२ माघ । भन्सार प्रशासनमा देखिएको समस्यालाई सुधार गरी अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउनुपर्नेमा जोड दिइएको छ । 


छैसट्ठीयौँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा विभागले आज यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताले भन्सार विन्दुलाई प्राविधिक एवं प्रशासनिक रुपमा सुधार गर्नुपर्नेमा जोड दिएका हुन् ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्सारमा देखिएको न्यूनविजकीकरण, चोरी पैठारीजस्ता समस्या देखिएकाले भन्सार असुलीमा समस्या देखिएको बताउनुभयो । भन्सार बिन्दुमा देखिएका समस्यालाई समाधान गर्न निर्देशन दिँदै उहाँले व्यवसायी र विभागबीचमा समझदारी गरेर विद्यमान समस्यालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

अर्थमन्त्री कार्कीले भन्नुभयो, “भन्सार राजश्वमा अपेक्षित लक्ष्य पुगेको छैन । राम्रो सन्देश दिएको छैन । त्यसलाई सुधार गर्नुपर्छ ।” उहाँले सुशासनको माध्यमबाट मुलुकको आर्थिक विकासलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

अर्थराज्यमन्त्री उदयशमशेर राणाले सरकार र व्यवसायीबीच सुमधुर सम्बन्धबाट मुलुकको आर्थिक उन्नति हुने विश्वास व्यक्त गर्दै देशभरका भन्सार बिन्दुलाई भौतिक एवं प्रशासनिक रुपमा सुधार गर्नुपर्ने बताउनुभयो ।

महालेखा परीक्षक टंकमणि शर्माले वित्तीय अनुशासनलाई सुधार नगरीकन मुलुकको आर्थिक विकास सम्भव नभएको भन्दै त्यस विषयमा राज्य तथा निजी क्षेत्रले ख्याल गर्नुपर्ने बताउनुभयो । उहाँले वित्तीय मूल्यांकनका आधारमा निर्णय गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले लोकतन्त्रमा ७५ प्रतिशत अर्थतन्त्र निजी क्षेत्रको हातमा भएकाले आर्थिक क्षेत्र खराब हुनुमा निजी क्षेत्र जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक क्षेत्र जरजर हुनुमा निजी क्षेत्र जिम्मेवार छ ।”

अर्थसचिव शंकरप्रसाद अधिकारीले राजनीतिक, प्रशासक र व्यवसायी तीनवटै पक्ष एउटै उद्देश्यका लागि अगाडि बढेमात्र आर्थिक समृद्धि र लगानीको वातावरण बन्ने बताउनुभयो । उहाँले संविधान, कानून र पद्धतिअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

राजश्व सचिव शिशिर ढुंगानाले भन्सार क्षेत्रमा थुप्रै सुधारका प्रयास भएका र त्यसको नतिजा पनि देखिन थालेको भन्दै सुधारलाई निरन्तरता दिने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उद्योग वाणिज्य महासंघ सुरक्षित व्यवसायी गर्ने उल्लेख गर्दै भन्सार बिन्दुमा देखिएका समस्यालाई समाधान गर्नुपर्ने बताउनुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले आर्थिक सुधार तथा लगानीका लागि उपयुक्त अवसर प्राप्त भएकाले त्यसका लागि राज्यपक्ष सकारात्मक भएर अगाडि बढ्ने समय आएको बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यवसायलाई आधुनिकीकरण गर्न र भन्सार सुधारलाई निरन्तररुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा भन्सारका विषयमा उत्कृष्ट समाचार संकलन गरेको भन्दै द काठमाडौँ पोष्टका आर्थिक ब्यूरो प्रमुख रुपक डी शर्मालाई भन्सार विभागले सम्मान गरेको छ । त्यसैगरी राजश्व विभागका उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu