ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवदह महोत्सवको तयारी अन्तिम चरणमा, आयोजक र नगरपालिकाबीच छलफल सम्पन्न


एविसी संवाददाता
२३ माघ २०७९, सोमबार   ५ : १७   बजे

माघ २३, रुपन्देही। सातौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०७९ मूल आयोजक समूह र देवदह नगरपालिकाबीच मेला संचालन र तयारीबारे छलफल सम्पन्न भएको छ । सोमबार मेला आयोजक संस्था उद्योग व्यापार संघका पदाधिकारी र नगर प्रमुख सहित नगरपालिका कार्यपालिका सदस्यहरूबीच नगरपालिकामा छलफल भएको हो ।

छलफलमा बोल्दै मेला मूला आयोज समिति संयोजक मेघराज ढकालले मेलाको औचित्य, तयारी आकर्षणबारे प्रष्ट पारेका थिए भने नगरप्रमुख धुर्ब प्रसाद खरेलले देवदहमा संचालन हुने मेलालाई नगरपालिका कार्यालयको आवश्यक सहयोग रहने बताउंदै मेला सफलताको शुभकामना व्यक्त गरेका थिए।

छलफलमा नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, १२ वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यसंगै मेलाका संघसस्था तथा राजनीतिक दल उपसमिति संयोजक मोतीलाल ढकाल, सुरक्षा उपसमिति संयोजक गणेश खाती, देवदह व्यापार संघ देवदहका अध्यक्ष कोष बहादुर गुरुङ, उद्योग वाणिज्य संघ देवदहका अध्यक्ष हरि भण्डारी लगायतको उपस्थिति रहेको थियो।

माघ २६ देखि फागुन १० गतेसम्म देवदह मण्डप घोडाहामा संचालन हुने सातौ देवदह महोत्सवमा देवदह नगरपालिका सहआयोजक रहेको छ। मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गण्डकी सरकारबाट एमालेमन्त्रीहरूको राजीनामा रोकियो

राष्ट्रिय सभामा महिला समन्वय समिति गठन, रेणु चन्द संयोजक

सम्बन्धित

वकिलले सर्वोच्चको छतबाट हामफाल्न खोजे, सकुशल उद्धार

आप्रवासी श्रमिकको हित सुदृढ गर्न एनआरएनए र आईएलओबीच छलफल

‘अदालत सेटिङ’को आरोपप्रति कांग्रेस नेता दीपक खड्काको आपत्ति

नाडा अटो शोमा अवतार ०७ सार्वजनिक, मूल्य २ करोड २० लाखदेखि

नाडा अटो शोमा सवारी कर्जाको अफर, बैंकहरूले ५.१७ प्रतिशतदेखि ब्याजदर ल्याए

सप्तरीमा दुई वर्षीया बालिकाको हत्या, कान्छी आमा पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu