काठमाडौं, १२ माघ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको भन्सार प्रणालीलाई विकसित मुलुकको दाँजोमा पुर्याउन सरकार प्रयासरत् रहेको बताउनुभएको छ ।
६६ औं अन्तराष्ट्रिय भन्सार दिवसका अबसरमा भन्सार बिभागले शुुक्रबार काठमाडौमा गरेको कार्यक्रममा अर्थमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । आगामी १० वर्षभित्र नेपाललाई समृद्ध बनाउन सबैले आ–आफ्नो ठाउँबाट प्रयास गर्नुपर्ने भन्दै उहाले भन्सार प्रणालीलाई अन्तराष्ट्रियस्तरको बनाइने बताउनुभयो ।
उहाले जनताको संबिधान लागू भईसकेको र सबै निर्वाचन सम्पन्न भईसकेको अबस्थामा स्थानीय सरकार अब बलियो भएको धारणा राख्नुभयो । उहाले शुसासन र कानुनी माध्यमबाट मुलुकलाई आर्थिक बिकासको बाटोमा तिव्र गतिमा लाग्नुपर्ने उल्लेख गर्दे यसका लागी निजी क्षेत्र लगाएत सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो ।
त्यस्तै व्यवसायीहरुले भन्सार ऐन–कानुन कार्यान्वयन तथा अनुगमनका लागि छुट्टै समिति आवश्यक रहेको धारणा राखेका थिए । कार्यक्रममा भन्सार बिभागका उत्कृष्ठ कर्मचारीलाइ सम्मान तथा पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्