ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षा कार्यालय झापामा लाग्यो तालाबन्दी


admin
१२ माघ २०७४, शुक्रबार   ४ : ४७   बजे

झापा , १२ माघ । ग्रेडिङ प्रणाली प्रति असन्तुष्टि जनाउँदै झापा भद्रपुरका विद्यार्थीहरुले शुक्रवार जिल्ला शिक्षा कार्यालय झापा घेराउ गर्दै तालाबन्दी गरेका छन् । तालाबन्दी गर्न गएका विद्यार्थी मध्ये चार जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएका थिए ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परिक्षाफल ग्रेडिङ प्रणाली पद्धतिबाट लागु गरेको प्रति असन्तुष्ट जनाउँदै त्यसको विरोधमा वीरेन्द्र, एमरेल्ड एकाडेमी र विभुती क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले एक घण्टा शिक्षा कार्यालय घेराउ गर्दै तालाबन्दी गरेका हुन् । वीरन्द्र क्याम्पसमा भेला भएका विद्यार्थीहरुले ग्रेडिङ प्रणाली विरुद्ध चर्को नाराबाजी गर्दै विहान १० बजे शिक्षा कार्यालय परिसर पुगेका थिए ।

शिक्षा कार्यालय पुगेका विद्यार्थी समूहले कार्यालयको मुल गेटमा तालाबन्दी गरेका थिए । विद्यार्थी समूहले शिक्षा कार्यालय घेराउ गरेपछि प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले विद्यार्थीहरुलाई मुल गेट भन्दा बाहिर निकालेका थिए ।

विद्यार्थीले लगाएको ताला प्रहरीले खोलेका थिए । कार्यायलमा तालाबन्दी गरेको भन्दै यता प्रहरीले विरोध कार्यक्रमको नेतृत्व गर्ने नेवि संघ वीरेन्द्र क्याम्पस इकाइ समितिका सभापति अनुप अधिकारी, सचिव प्रकाश भण्डारी, निकेश श्रेष्ठ र मनोहर गौतमलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका उनीहरुलाई प्रहरी कार्यालय झापा लगेर आधा घण्टा पछि छाडेका थिए ।

राष्ट्रिय परीक्षा बोर्डले गत पुस २९ गते प्रकाशित गरेको कक्षा ११ को नियमित परीक्षाफल बिषयगत ग्रेडका आधारमा सार्वजनिक गरेपछि विद्यार्थीहरुले असन्तुष्ट जनाउँदै विरोधमा उत्रिएको नेवि संघ वीरेन्द्र क्याम्पस इकाइ समितिका सभापति अनुप अधिकारीले बताउनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डले ग्रेडिङ प्रणाली पद्धित अनुसार कुनै बिषयमा ‘डी प्लस’ ल्याए पुनः मौका परीक्षा दिने व्यवस्था छ । तर, एक बिषय भन्दा बढिमा ‘डी प्लस’ ल्याए अर्को बर्षको परीक्षामा सहभागी हुने पाउने व्यवस्था प्रति विद्यार्थीहरुले असन्तुष्ट जनाएका हुन् ।

एक बिषय र धेरै बिषयमा ‘डी प्लस’ ल्याउने विद्यार्थीको परीक्षा एकैपटक गर्नुपर्ने विद्यार्थी मोर्चाको माग रहेको छ । यसको विरुद्ध गठित संयुक्त विद्यार्थी मोर्चाले बुधवार जिल्ला शिक्षा कार्यालय झापा मार्फत राष्ट्रिय परीक्षा बोर्डलाई लिखित ज्ञापनपत्र समेत बुझाइसकेको छ ।

 

एबीसी रिर्पोटर पार्थ मण्डल

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसदबाट टाढिँदा रास्वपा सांसद पनि उदासीन, गणपुरक नपुग्दा विधेयक रोकियो

बुबाको निधनपछि भावुक मेसी : ‘तपाईंविना कसरी अगाडि बढ्ने थाहा छैन’

सम्बन्धित

विदेशी मुद्राको विनिमयदर : डलर, युरो र कुवेती दिनार घट्दा अस्ट्रेलियन डलर बढ्यो

एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन : १५ बुँदे डब्लिन घोषणापत्र जारी

स्मार्ट टेलिकम सम्पत्ति लिलामी प्रकरणमा २२ जनाविरुद्ध मुद्दा, ९६ अर्बभन्दा बढी बिगो दाबी

आजको राशिफल : कुन राशिका लागि कस्तो छ बिहीबार ?

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा प्लाजा होटल्स ग्रुपको सहप्रायोजन निरन्तर

हायर पर्चेज कम्पनीको नीतिमा राष्ट्र बैंकको कडाइ, ब्याजदेखि सञ्चालकको योग्यतासम्म नयाँ व्यवस्था

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu