ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन करोडको कारोवार गर्ने लक्ष्यसहित धनकुटा महोत्सवको तयारी तिव्र


admin
१२ माघ २०७४, शुक्रबार   ४ : ५९   बजे

धनकुटा , १२ माघ । धनकुटामा यही माघ २९ गतेदेखि सुरु हुने प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं चौथो धनकुटा महोत्सवको तयारी तिव्र पारिएको छ।

आयोजक धनकुटा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरी माघ २९ देखि फागुन १० गतेसम्म हुँने महोत्सवको तयारी तिव्र पारिएको जानकारी दिएको हो।

घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु एवं कृषि उपज लगायत नेपाल व्यापार एकीकृत रणनीति एनटीआईएसमा रहेका वस्तुहरुको प्रचारप्रसार तथा प्रर्बद्धन गर्ने उद्देश्यले मेला, प्रदर्शनी एवं महोत्सव गर्न लागिएको उद्योग वाणिज्य सघंका अध्यक्ष एवं महोत्सव आयोजक समिति संयोजक उमेश घिमिरेले जानकारी दिए।

उनका अनुसार व्यापार मेला तथा महोत्सवमा करिव एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर तीन करोड वढिको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको छ।

प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं धनकुटा महोत्सवको मुख्य आकर्षणमा नेपाल एकीकृत व्यापार रणनीतिमा समावेश वस्तुको प्रर्दशनी, औद्योगिक, व्यापारिक, हस्तकला, कृषि तथा जडिबुटीको प्रर्दशन, घरेलु उद्योगवाट उत्पादित वस्तु तथा कला, सँस्कृति झल्कने कार्यक्रम तथा वस्तुको प्रर्दशनी रहेको छ।

यस्तै स्थानीय तथा राष्ट्रिय कलाकारको सांस्कृतिक कार्यक्रम, बालबालिकाका लागि बाल उद्यान पनि महोत्सवको आकर्षणको रुपमा रहेका छन्।

महोत्सवमा प्रर्दशनी स्थल १ सय २५ र फुड स्टल २५ गरि १ सय ५० स्टल रहनेछन्।महोत्सवमा करिव ५९ लाख खर्च लाग्ने अनुमान गरिएको आर्थिक व्यवस्थापन समिति संयोजक रोशेष श्रेष्ठले जानकारी दिए।

महोत्सवलाई सफल पार्न उद्योग बाणिज्य सघंका अध्यक्ष उमेश घिमिरेको अध्यक्षतामा १ सय १ सदस्यीय मुल आयोजक समिति र १४ उपसमिति गठन गरिएको सदस्य सचिव जयन्द्र प्रधानले बताएका छन।

धनकुटामा २०६५, २०६८ र २०७१ सालमा पनि औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं धनकुटा महोत्सव भएको थियो।

 

एबीसी रिर्पोटर ईश्वर थापा

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu