ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला कुर्मी हत्या : ३ बुँदे सहमतिपछि ४८ दिनमा टुंगियो माइतीघरको आन्दोलन


एबीसी / संवाददाता
३ फाल्गुन २०७९, बुधबार   ७ : ०४   बजे

काठमाडौँ, ३ फागुन । बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा हत्यासम्बन्धधी जाहेरीमा अनुसन्धान गरेर दोषीमाथि मुघा चलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार निर्देशन दिएपछि माइतीघरमा ४८ दिनदेखि जारी आन्दोलन स्थगित भएको छ ।

कुर्मीलाई न्याय दिलाउन आन्दोलन गर्दै आएकी अभियन्ता रूबी खानले मंगलबार साँझ माइतीघर पुगेर सरकारसँग भएको सहमतिबारे जानकारी दिएकी थिइन् ।

माइतीघर मण्डलामा लालटिन बालेर धर्ना दिँदै तेस्रो चरणको आन्दोलन चलेको थियो । रूबी खानले उक्त लालटिन निभाउँदै हाललाई आन्दोलन स्थगनको घोषणा गरिन् ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहान कुर्मीको न्यायका लागि आन्दोलनरत पक्षसँग वार्ता गरेका थिए । गृह सचिव विनोदप्रकास सिंह र प्रहरी महानिरीक्षक धिरजप्रताप शाहसमेत सहभागी उक्त वार्तामा ३ बुँदे सहमति भएको छ ।

सहमतिअनुसार कर्मीको अपहरण, शरीर बन्धक तथा हत्यासम्बन्धी जाहेरीमा अनुसन्धान गर्न विशेष अनुसन्धान टोली गठन गरिने भएको छ । उक्त टोलीले घटनाको विस्तृत अनुसन्धान गरी दोषीउपर मुद्दा चलाउने सहमतिको पहिलो बुँदामा उल्लेख छ ।

सहमतिको दोस्रो बुँदामा आन्दोलनरत पक्षले अनुसन्धान प्रक्रियाको समीक्षा गर्ने गरी न्यायिक जाँचबुझ आयोगको माग यथावत् राख्नै हाललाई तेस्रो चरणको आन्दोलन स्थगित गर्ने भनिएको छ ।

त्यस्तै, तेस्रो बुँदामा आन्दोलनरत पक्षका व्यक्तिको जिउज्यान सुरक्षाका लागि उचित समन्वय र प्रबन्ध गर्ने उल्लेख छ ।

सहमतिमा आन्दोलनरत पक्षबाट रूबी खानले हस्ताक्षर गरेकी छन् भने सरकार तर्फबाट गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले हस्ताक्षर गरेका छन् ।

यसअघि पनि कुर्मीको अपहरण तथा हत्या प्रकरणमा छानबिन हुने भनेर सरकारले भनेपछि नेपालगञ्जदेखि काठमाडौँ आएर आन्दोलन गरेका अभियन्ता फर्केका थिए । तर, सहमतिविपरीत सरकारले दोषीमाथि मुद्दा चलाउन नखोजेपछि अभियन्ताहरू फेरि काठमाडौँ आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीमा बहाव बढ्यो, तर ठूलो बाढीको जोखिम नरहेको पूर्वानुमान

त्रिशूली–३ ‘ए’ सुरुङ उद्धारमा आशा जाग्यो, उद्धार टोली क्राउनसम्म पुग्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Icelanders Vote on Resuming European Union Membership Talks

US Secures Control Of Venezuelan Oil Reserves In Controversial Deal

Rescuers Search for Survivors After Deadly Mudslide Hits Gyirong Port

China Rushes Aid to Nepal Following Deadly Mudslide Disaster

China Mobilizes Data Centers To Aid Gyirong Mudslide Rescue Efforts

भोटेकोसी बाढीमा हराएका २६१ विदेशी पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu