ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलाश सन्न्यास आश्रममा शिव मन्दिर निर्माण गरिँदै


एबीसी / संवाददाता
११ फाल्गुन २०७९, बिहिबार   ८ : ३५   बजे

मध्यबिन्दु, ११ फागुन । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१३ मा रहेको कैलाश सन्न्यास आश्रम ऐतिहासिक एवं पुरातात्विक क्षेत्रको रुपमा रहेको छ । यहाँ पुरातत्व विभागले करिब आठ करोडको लागतमा शिव मन्दिर निर्माण गर्दैछ ।

मन्दिरका पुराना भग्नावशेष भेटिएको भन्दै कलात्मक शिलाको प्रयोगबाट मन्दिर निर्माण गरिँदैछ । आश्रममा करिब नौ सय वर्ष अघि निर्माण भएको र हाल भग्नावशेषका रुपमा रहेको वास्तुकलाले भरिएको ढुंगाबाट शिखर शैलीको उक्त शिव मन्दिर पुनःनिर्माणको काम भइरहेको आश्रमका अध्यक्ष पुष्पराज घिमिरेले बताए ।

“गजुर छोडेर ५१ फिट उचाइ र चौडाइ १७ देखि १९ फिट भएको यो मन्दिर पाँच वर्ष अघि उत्खनन गरी निकालिएका वास्तुकलाले भरिएका ढुंगाले निर्माण गरिँदैछ”, उनले भने, “मन्दिरको भित्र पुरानो शिव लिंग राखिने छ ।” पहिले महादेव स्थानका रुपमा रहेको यो स्थलमा आदिवासी थारु समुदायले शिख्रौली कुमारवर्ती (परिक्रमा पूजा) सालका वृक्षमुनि केही माटाका प्राचीन मूर्ति राखी चैत शुक्ल पक्षमा पूजाआजा गर्दै आएका थिए । विसं २०१६ मा पुनर्वास योजनाअन्तर्गत पहाडी भू–भागमा बसोबास गर्ने व्यक्ति बसाइँसराइ आएपछि भारतको कानपुरबाट खयर संकलन गर्न आउने ठेकेदारलाई अनुरोध
गरी शिव मन्दिर स्थापना गरेर सोही समयदेखि नै यहाँ पूजाअर्चना हुँदै आइरहेको छ । विसं २०३५ पछि यहाँको मन्दिरको नाम कैलाश सन्न्यास आश्रम राखिएको अध्यक्ष घिमिरेले बताए । यस स्थानको मन्दिर १३औँ शताब्दीको भएको पुरातत्व विभागले जनाएको छ ।

“अहिलेसम्म पुरातत्व विभागले आश्रमलाई मन्दिर हस्तान्तरण गरेको छैन”, घिमिरेले भने, “विभागले सम्पन्न भइसकेपछि मन्दिर आश्रमलाई हस्तान्तरण गर्ने छ ।” पूर्व–पश्चिम राजमार्गबाट आठ सय मिटर दक्षिणमा रहेको यस मन्दिरलाई पुरातात्विक, धार्मिक र प्राकृतिकरुपमा पर्यटकीयस्थल बनाउन सकिन्छ । मन्दिरको नजिकै कलकल बगेको नारायणी नदी, नदी पारीको चितवन राष्ट्रिय निकुञ्जमा देखिने गैँडा, बँदेल, मृग, मयुर र नदीमा बसोबास गर्ने विभिन्न चराचुरुङ्गी र गोही देख्न पाइने यस स्थान रमणीय रहेको छ ।

गैँडाकोट–१३ मा रहेको आश्रम परिसरमा सेनकालीन सभ्यता झल्काउने शिव मन्दिर बनाइएको छ । यहाँ ढुङ्गामा कलात्मक हस्तकलाले कुँदिएका करिब एक हजार पाँच सय बढी शिला फेला परेपछि विभागले आफ्नो मातहतमा ल्याएर खोज अनुसन्धान र अन्वेषण गरी मन्दिर बनाउने प्रक्रियामा रहेको छ । चालु आर्थिक वर्षका लागि २० लाख बजेट छुट्टिएको छ । अब दुई वर्षमा सो मन्दिरले पूर्णता पाउने अध्यक्ष घिमिरेले बताए ।

स्थानीय बुद्धिप्रसाद न्यूरेले धार्मिक आस्थाको केन्द्र र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा यसलाई विकास गरेर अगाडि बढ्नुपर्ने बताए । “यो मन्दिर र यहाँको महत्व धेरै छ । विशेषत शिव भगवानको आराधना र पूजा गर्दा आफ्नो मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वासका आधारमा मन्दिर आउछन्”, उनले भने ।

हाल भग्नावशेषका रुपमा भेटिएका कलात्मक वास्तुकलाले भरिएको ढुंगाबाट शिखर शैलीको उक्त शिव मन्दिर पुनःनिर्माणको काम गरिएको हो । गैँडाकोट–१३ का मोहन भण्डारीले पुरातत्व विभागले खोज गरेर अहिले मन्दिर निर्माण सकेको बताउँदै यसको महत्वलाई उजागर गर्नुपर्ने बताए ।

राष्ट्रिय गौरवको रुपमा रहेको यस आश्रमको दुई वर्ष लगाएर उत्खनन गरी पुरातत्व विभागले पुराना र नयाँ शिलाको प्रयोगबाट शिव मन्दिर बनाएको आश्रमका महासचिव नेत्रप्रसाद रिजालले बताए । यसको ऐतिहासक र पुरातात्विक महत्वलाई उजागर गरेर अगाडि ल्याउन काम गरिरहेको रिजालले बताए ।

यहाँ अहिले मठमन्दिर, साधुसन्त बस्ने घर, विभिन्न देवीदेवताका मठमन्दिर, धर्मशाला निर्माण गरिएको छ । नारायणी नदीको कटान रोक्न र मन्दिर सुरक्षित राख्न गण्डकी प्रदेश सरकारले पर्खाल निर्माणका लागि ४० लाख विनियोजन गरेको थियो । पर्खाल निर्माण सम्पन्न भएको छ ।

यहाँ रहेको पाँच बिघा भूगोलको अहिलेसम्म गुरुयोजना बन्न सकेको छैन । सिखर शैलीको मन्दिर निर्माण गरिए तापनि किन र के कारणले भग्नावशेषको अवस्था आयो यसको खोज भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group